प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने फोरम नेपालको निर्णय
आइतबार, २१ जेठ २०७४, १४ : १७
काठमाडौ जेठ २१–उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा जिताउनका लागि मतदान गर्ने निर्णय गरेको छ ।
फोरम नेपाल संसदीय दलको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो । स्थानीय तहको चुनावमा भाग समेत लिएका सो पार्टीले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेपनि सरकारमा भने सहभागि नहुने जनाइएको छ ।
नेपाली काँग्रेसले सविधान संशोधन गर्ने तथा भएका सहमतिहरु कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको आधारमा समर्थन गर्ने निर्णय गरेको फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए । यद्यपी आफूहरु सरकारमा सहभागि नहुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण