शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तीन प्रमुख र सात उपप्रमुखमा भिड्दै रोल्पाली महिला

आइतबार, २१ जेठ २०७४, १४ : २७
आइतबार, २१ जेठ २०७४

रोल्पा, २१ जेठ । यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा रोल्पा जिल्लाबाट तीन महिलाले प्रमुख पदमा प्रतिस्पर्धा गर्ने भएका छन् । यसरी प्रमुख पदमा प्रतिस्पर्धा गनहरुमा रोल्पा नगरपालिकाबाट नेकपा एमालेकी मीना शर्मा, थवाङ गाउँपालिकाबाट राष्ट्रिय जनमोर्चाकी मनकुमारी घर्ती र सुकिदह गाउँपालिकाबाट एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीकी निर्मला राना छिन् ।

जिल्लाका अन्य सात स्थानीय तहमा भने पुरुषको मात्र एकल प्रतिस्पर्धा हुने भएको छ । जिल्लाका दशवटा स्थानीय तहमध्ये उपप्रमुख पदाका लागि रोल्पा नगरपालिकाबाट नेपाली काँग्रेसले मिश्री हमाललाई उम्मेदवार बनाएको छ भने नेकपा माओवादी केन्द्रले मनकुमारी घर्तीलाई उम्मेदवार बनाएको छ । यसैगरी, राष्ट्रिय जनमोर्चाले विन्दाकुमारी शर्मालाई र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले लालकुमारी खड्कालाई उम्मेदवार वनाउने भएको छ ।

जिल्लाको लुङ्ग्री गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसबाट भीमकली बुढाथोकी एमालेबाट नमकली बानिया, माओवादीबाट मखना घर्तीमगर राष्ट्रिय जनमोर्चाबाट शान्ति पुन र एकीकृत राप्रपा राष्ट्रवादीबाट सीता घर्तीको नाम सार्वजनिक गरेको छ । सुवर्णावती गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसबाट कविता उपाध्याय एमालेबाट रीता विष्ट क्षेत्रीलाई र माओवादीले बागमती थापालाई अघि सारेको छ ।

सुनछहरी गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसले सरु पुनलाई, एमालेले कर्मा रोकामगरलाई माओवादीबाट पवित्रा घर्तीमगरलाई चयन गरेको छ । दुईखोली गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसबाट लक्ष्मी डाँगी एमालेबाट कमला रोका र माओवादीबाट हितकुमारी बुढालाई अघि सारेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप