शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सदन खुलाउने प्रयास स्वरुप बानेश्वरमा शीर्ष बैठक शुरु

आइतबार, २१ जेठ २०७४, १४ : ४७
आइतबार, २१ जेठ २०७४
काठमाडौ जेठ २१–चितवनको भरतपुर घटनालाई लिएर एमालेले संसद अवरुद्ध गरेर प्रधानमन्त्री चयन प्रकृयालाई अवरुद्ध गरेपछि अहिले शीर्ष नेताको बैठक शुरु भएको छ। नयाँ बानेश्वरस्थित व्यवस्थापिक संसद भवनको शंकरा हलमा सभामुख ओनसरी घर्तीसहितको बैठक शुरु भएको हो ।  बैठकमा चितवन घटना र प्रधानमन्त्री चयनको विषयमा छलफल हुने बताइएको छ । विहान बोलाएको संसद बैठक अवरुद्ध गरेपछि सो बैठक तीन बजेका लागि बोलाइएको छ । त्यसअघि सहमति बनाउने प्रयास भइरहेको हाे । बैठकमा एमाले, कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुको सहभागिता रहेको छ । आज संसदमा प्रधानमन्त्री चयनहरु कार्यतालिका रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप