शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अब जेब्राक्रसमा नरोक्ने सवारीलाई पनि कारवाही

आइतबार, २१ जेठ २०७४, १५ : २१
आइतबार, २१ जेठ २०७४

ललितपुर, जेठ २१ – जथाभावी बाटो काट्ने पैदलयात्रुलाई कारवाही थालेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले अब जेब्रा क्रसमा सवारी नरोके कारवाही गर्ने भएको छ ।

जेब्राक्रस प्रयोग गर्दा सवारीसाधनले नरोकेको गुनासो पैदलयात्रुहरुले गरेपछि महाशाखाले आइतबारदेखि कारवाही शुरु गरेको हो ।

कारवाही प्रक्रिया अघि बढाउनअघि आइतबार बिहान ५० हजार पम्प्लेट र स्टिकर सार्वजनिक सवारीहरुमा टाँसेर यसबारे सबैलाई सचेत गरेको छ ।

महाशाखाका अनुसार जेब्राक्रसमा सवारी साधनले पैदलयात्रुलाई प्राथमिकतालाई दिनुपर्ने, जेब्राक्रस अगाडि सवारीको गति कम गर्नुपर्ने र जेब्राक्रसमा पार्किङ गर्न पाइने छैन ।

यस्तो पाइएमा ५ सयदेखि १५ सय रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ ।

ललितपुरका ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुले पैदलयात्रुसँगै सवारी साधनले पनि जेब्राक्रसबारे सामान्य नियम पालना गर्नुपर्नेमा जोड दिए ।

उनले कारवाहीका लागि सादा पोशाकका प्रहरीदेखि ट्राफिक प्रहरीहरु ठाउँ–ठाउँमा परिचालन गरिएको पनि जानकारी दिए ।

उनले भने, ‘यदी कुनै सवारीले जेब्राक्रसमा बाटो काट्न दिएन वा गति कम गरेन भने ललितपुर ट्राफिक प्रहरीको हटलाइन नम्बर ११०३ वा १०३ मा फोन गर्न सक्नुहुनेछ । त्यस्ता सवारीमाथि तुरुन्त कारावही हुनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप