म्हैपीबाट ३२ लाख रुपैयाँ लुट्ने ५ लुटेरा पक्राउ
काठमाडौँ, जेठ २१ – गत शुक्रबार म्हैपीबाट ३२ लाख रुपैयाँ लुट्ने ५ जना लुटेरालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंका विभिन्न स्थानबाट सरोज श्रेष्ठ, तारा बोहोरा, सुजन अधिकारी, ज्ञानहरी पुन र अन्जन थापालाई पक्राउ गरेर सोह्रखुट्टे बृतका प्रमुख डिएसपी सौमेन्द्र राठैरले जानकारी दिए ।
लुटेराहरुको साथबाट प्रहरीले साडे २ लाख रुपैयाँ मात्र बरामद गरेको छ ।
लुटमा संलग्न अन्य केही ब्यक्ति भने पैसा लिएर फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
महाराजगन्जस्थित एनएमएबी बैंकबाट रकम लिएर गइरहेका रोशन बोगटी र नरेन्द्रकुमार विकबाट शुक्रबार रकम लुटिएको थियो ।
पीडितले आफूहरुले बैंकबाट झिकेको रु २२ लाख र आफ्ना साथमा रहेको रु १० लाख गरी रु ३२ लाख लिएर हिँडिरहेका अवस्थामा बा४५प ४५२५ नंको पल्सरमा आएका दुई जनाले सो रकम लुटेको प्रहरीलाई बताएका छन् ।
जग्गाको कारोबारका लागि आफूहरुले सो रकम लिएर हिँडेको विक र बोगटीले प्रहरीलाई जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण