दमकमा नयाँ शक्ति र संघीय फोरमको संयुक्त प्रचार
झापा, जेठ २१ – झापाको दमक नगरपालिकामा सबै दलहरुले चुनावी गतिविधिलाई तीव्र बनाइरहेका बेला नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमले पनि संयुक्त चुनावी अभियान तीव्र बनाएका छन् । नगरपालिका क्षेत्रमा संयुक्त चुनावी प्रचारमा खटेका दुई दलले दमक नगरपालिकाको प्रमुखमा नयाँ शक्तिका सतिश साह र उपप्रमुखमा संघीय समाजवादी फोरमका गंगा सागर शेर्मालाई अगाडि बढाएका छन् ।
दुई दलको संयुक्त चुनावी संयन्त्रले नगरपाकिलाको ८ वटा वडामा पनि उम्मेदवार टुंगो लगाएको नयाँ शक्ति पार्टीका दमक नगरपालिका उत्प्रेरक योगेश उप्रेतीले बताए । दुई दलले वडा नं. १ मा ओममाया आङ्दाम्बे, ३ मा डम्बर तिमिल्सिना, ५ मा राजु खड्का, ६ मा पुष्प खड्का, ७ मा गजेन्द्र लावती, ८ मा उमेश गजमेर एवं वडा नं. १० मा खगेन्द्र न्यौपानेलाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
उम्मेदवारको अलवा दुई दलले नगरपालिकामा चुनावी प्रचारलाई तीव्र बनाएका छन् । नयाँ शक्तिले उम्मेदवारी दिएको सबै वडाहरुमा पार्टी वडा कमिटी निर्माण गरिसकेको र बाँकी वडाहरुमा कमिटी निर्माण गर्ने प्रक्रिया जारी रहेको नगर उत्प्रेरक उप्रेतीले बताए ।
चुनावी अभियानलाई तीव्रता दिँदै दुई दलले संयुक्त रुपमा र्यालीसहित घरदैलो कार्यक्रम पनि जारी राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण