प्रधानमन्त्रीको निर्वाचन : देउवाको पक्षमा ३८८ सांसदको समर्थन, दुई तिहाईंका लागि १० सांसदको खाँचो
आइतबार, २१ जेठ २०७४, १६ : ५६
काठमाडौं, जेठ २१– प्रधानमन्त्रीका उम्मेदवार शेरवहादुर देउवाको समर्थन बढ्ने क्रम जारी छ । देउवालाई अहिलेको गठबन्धनबाहेकका राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजबादी फोरमले आइतबार मात्रै समर्थन गर्ने निर्णय गरेपछि उनको पक्षमा समर्थन गर्ने सांसद संख्या बढ्दै गएको हो । आइतबार मात्रै ३७ सांसद रहेको राप्रपा ,१५ सांसद रहेको उपेन्द्र यादव नेतृत्वको संघीय समाजबादी फोरम र २५ जना सांसद रहेको राजपा नेपालले देउवालाई समर्थन गर्ने निर्णय गरेका हुन् ।
यी तीन दलको समर्थनसँगै देउवाको समर्थन दुई तिहाई नजिक पुगेको छ । हाल संसदमा रहेको सांसद संख्या ५९७ मा दुई तिहाइका लागि ३९८ सांसद आवाश्यक पर्छ । देउवाले यो विचमा १० जना अरु सांसदको समथृन जुटाउन सके उनी दुई तिहाइ सांसदको समर्थनमा प्रधानमन्त्री बन्न सक्नेछन् । यसअघि नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतको पुरानो गठबन्धनमा ३११ जना सांसद रहेका थिए । देउवालाई सरकार गठन गर्न चाहिने बहुमत सांसद संख्या २९७ आवाश्यक रहेपनि प्रधानमन्त्रीका लागि हुने निर्वाचनमा समर्थन गर्ने दलको संख्यासँगै सांसद संख्या पनि बढ्दै गएको हो ।
अहिलेसम्म देउवाको विपक्षामा देखिएका मध्ये नेकपा एमालेसहित १९८ सांसद छन् । जसमा एमाले १८१, माले ५, नेमकिपा ४, जनमोर्चा ३, परिवार दल २, बहुजन शक्ति १ बौद्धिक जनपरिषद नेपाल १ र मधेस समता पार्टी १ रहेका छन् ।
कांग्रेससँगको पुर्व सहमतिअनुसार गत जेठ ९ गते प्रधानमन्त्रीबाट पुष्पकमल दाहाल प्रचण्डले राजिनामा दिएपछि नयाँ सरकार गठनका लागि सुरु भएको प्रकृया अन्र्तगत नेता देउवाको मात्र उम्मेदवारी परेको छ ।
आईतबार नयाँ प्रधानमन्त्रीको निर्वाचन प्रकृयाका लागि मतदान हुने कार्यतालिका भएपनि एमालेले भरतपुर प्रकरणलार्य निर्वाचनसँग जोडेर संसद अवरद्ध गरेपछि प्रधानमन्त्रीको निर्वाचन थप दुइ दिन लम्बिएर जेठ २३ गते मंगलबारलाई पुर्याईएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण