आखिर किन रणबीर कपुरले विदेशमा गएर भिख माग्नुपर्यो ?
एजेन्सी
जेठ २१ – रणबीर कपुरलाई मोरोक्कोको सडकमा भिख मागिरहेको देखियो । उनको यस्तो अवस्था देखेर सबै अचम्मका थिए । कसैले बुझ्न सकेनन् कि आखिर रणबीरलाई के भयो ?
मानिसहरुले उनीबारे अर्कैै सोच्नुभन्दा पहिले थाहा पाए कि उनले आफ्नो यस्तो हविगत फिल्म ‘जग्गा जासूस’ का लागि बनाएका रहेछन् । मोरोक्कोमा यो फिल्मको एक सिक्वेन्सको सुटिङ चलिरहेको थियो ।
‘जग्गा जासूस’ को गीत ‘उल्लूका पट्ठा’ को सुटिङ चलिरहेको थियो । रणबीरलाई यो गीतको सुटिङ मोरक्कोको सडकमा गर्नुथियो । फिल्मका निर्देशक अनुराग बसुलाई यो गीतमा उनीसँग भिख मगाउनु थियो तर उनलाई सुटिङ सुरु हुनुभन्दा पहिले नै भीड जम्मा होला कि भन्ने डर थियो । तर यसका लागि उनले एक उत्कृष्ट तरिका निकाले ।
उनले रणबीर र कट्रिनालाई यत्तिकै नाच्न भने । त्यसपछि उनीहरुसँगै भीड पनि नाच्न थाल्यो । त्यसपछि अनुरागले रणबीरलाई मानिस भएठाउँ गएर पैसा माग्न आग्रह गरे । उनले अनुरागको आग्रह निकै सजिलै स्विकार गरे ।
उनी मानिस भएठाउँ गए र पैसा पनि मागे । रणबीरले करिब २ सय ५० देखि तीनसय दिरहाम पाए । तपाईं उक्त गीतमा रणबीरले भिख मागिरहेको देख्न सक्नुहुन्छ । यसमा उनले अभिनय गरेका होइनन् । वास्तवमा नै उनले मानिसहरुसँग पैसा मागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण