गाउँलाई नमुना सहर बनाउन लागिपरेका उद्योगी
मोरङको हरैँचा नगरपालिकाको विराटचौक बजारमा बस्ने भोलेश्वर दुलाल पूर्वाञ्चल ल्युब अयाल उद्योगका निर्देशक हुन् । स्थानीय मनकारी समाजसेवी उनको विराटचौक उद्योण वाणिज्य सङ्घका पूर्व अध्यक्ष, उद्योग सङ्गठन मोरङका कार्यसमिति सदस्य, नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्षलगायतका प्रतिष्ठित परिचय छन् ।
यिनी आफ्नो ठाउँ बनाऔँ र आफ्नो देश विकास गर्न सघाऔँ भन्ने मान्यता राख्छन् । यसैले पनि हो उनले पैसा धेरै कमाए पनि आफू बसेको गाउँ छाडेर माइग्रेट हुन चाहेनन् । देखावटी परिचयका लागि ठूला सहरमा घर र महल बनाउन मानेनन् । बरु आफू सपरिवार बस्दै आएको विराटचौक बजारलाई नै योजना बनाएर सहर बनाउने अभियानमा लागिपरेका छन् ।
ट्याक्टरको ट्रली बनाउन जमिनमा ल्युव उद्योग स्थापना पुर्खाहरुसँगै पहाडबाट झरेका भोलेश्वर मोरङको राजधाटका स्थायी बासिन्दा हुन् । कृषि सामग्री बिक्री गर्न उनी मोरङको विराटचौक बजार आइपुगे । विराटनगर र इटहरीको बीचमा पर्ने विराटचौकमा त्यो बेला एउटा मात्र पक्का घर थियो । भोलेश्वरले कृषि औजार बिक्री गरेर राम्रै पैसा कमाए । तर उनलाई लाग्यो व्यपारमा नाफा मात्रै हुँदोरहेछ, नाम हुँदोरहेन छ । यसैले उनले उद्योग खोल्ने सोच बनाए । आफ्नै ब्रान्ड होस भन्ने चाहना राखे । यसैले उनले विराटचौकमा ट्याक्टरको ट्रली बनाउने उद्योग खोल्न भनेर चार कठ्ठा जग्गा किने । यसैबेला उनको सङ्गत विराटगरका एक व्यक्तिसँग भयो । ती साथीले ल्युब आयलको उद्योग खोल्न सुझाव दिए । आफूसँग ल्युब उद्योगबारे धेरै ज्ञान भएको बताए । भोलेश्वरले लुब्रिकेन्टको बजार अध्यन गरे । उनलाई बजार उज्यालो लाग्यो । यसैले साझेदारीमा पूर्वाञ्चलको बजारलाई लक्षित गरेर विराटचौकमा जहाँ ट्याक्टरको ट्रली बनाउने जग्गा खरिद गरिएको थियो, त्यही ठाउँमा पूर्वाञ्चल ल्युब आयाल नामको उद्योग स्थापना गरे ।
खाडी मुलुकबाट कच्चा पदार्थ ल्याएर लुब्रिकेन्ट उत्पादन गर्ने काम चुनौतीपूर्ण थियो । पानी र आगोको जोखिम उच्च थियो । तर उद्यम गर्दा लगानीको जोखिम त मोल्नैपछ । नभन्दै पहिलो वर्षमै उद्योगले ४० लाखको कारोवार गर्यो । हालसम्म आइपुग्दा पूर्वाञ्चलका लागि खोलेको उद्योग नेपालकै ब्रान्ड (पीएलओ) बन्न पुग्यो । सबैको चुजी भयो । विदेशी कम्पनीको प्रतिस्पर्धी बन्यो । भुटान, बर्मा, पाकिस्तानलगायतका देशमा निर्यात पनि हुन थाल्यो ।
हुन त नेपालमा ७७ प्रतिशत ल्युबको बजार विदेशी कम्पनीले नै ओगटेका छन् । नेपालमा ४६ वटा कम्पनी ल्युब बेच्न सक्रिय छन् । नेपालमा मात्र ६ वटा कम्पनील ल्युब उत्पादन गर्छन् । नेपाली कम्पनीको उत्पादनले २३ प्रतिशत मात्र माग आपूर्ति गर्न सकेको छ । नेपालमा लुब्रिकेन्टको बजार जति राम्रो छ उति नै उद्योगको भविश्य पनि राम्रो छ । तर यो कुरा सरकारले बुझाउँदा पनि बुझेको छैन । यसमा युवा उद्योगी भोलेश्वरलाई दुःख लाग्छ । सरकारले प्रोत्साहन दिने हो भने नेपालबाट सबै विदेशी कम्पनी विस्थापित गराउन सकिन्छ । पीएलओले योजना बनाएको छ, अबको दस वर्षभित्र नेपालमा एकछत्र राज गर्ने र सबै विदेशी ब्रान्डलाई विस्थापित गराउने । यसैले पनि होला विदेशी कम्पनीहरु आच्छु, आच्छु पर्न थालेका छन् । अनेक लोभ प्रलोभन र देखाएर अनि बाध्यकारी नियम लगाएर उपभोक्तालाई ब्ल्याकमेलिङ गरिरहेका छन् । नेपालमा उत्पादन हुने ल्युब सस्तो र गुणस्तरीय हुने भएकाले सबैले मनपराएका हुन् । सरकारले कच्चा पदार्थ आयतमा सहुलित दिएर नेपाली उत्पादन प्रयोगमा विशेष नीति ल्याउने हो भने नेपालमा ल्युब उद्योग फस्टाउन सक्छन् र बर्सेनि अर्बों रुपियाँ विदेशिनबाट जोगिन सक्छ । साभेदारीको नमुना पीएलओ बर्सेनि साढे दश करोड आयकर सरकारलाई तिरिहेको पूर्वाञ्चल ल्युब अयाल उद्योग साझेदारीको नमुना हो । स्थापनादेखि नै ७ जना साभेदारले सक्रिय रहेको उक्त उद्योगमा एक जना पनि तलमाथि भएका छैनन् । उद्योगको मुख्य रेखदेख निर्देशक भोलेश्वरले गर्दै आएका छन् । नेपालीमा उखान छ, ‘साझे कि बाजे’ अर्थात नेपालीहरु कम दक्ष भएकाले साभेदारी व्यवसाय फाप्दैन, चाँडै मन मुटाव हुन्छ । तर पीएएलेओ त्यसको अपवाद छ । निर्देशक भोलेश्वर भन्छन्, हामीमा अझैसम्म कुनै खटपट आएको छैन हामी उदाहरण नै बन्न सफल भएका छौँ, सोह्र वर्षदेखि उही पार्टनर छौँ । सुरुमा एक करोड १० लाख रुपियाँ लगानी रहेको अहिले एक अर्बभन्दा बढीको पुँजी बनाइसकेको छ । पीएलओले दस वर्षभित्र ५० वटा देशमा आफ्नो उत्पादन निर्यात गर्ने योजना बनाएको छ ।
समाज सेवामा अरुभन्दा अगाडि सफल उद्योगी व्यपारी मात्रै होइनन्, भोलेश्वर मनकारी समाजसेवी पनि हुन् । उनले आउँदा एउटा मात्र पक्की घर भएको विराटचौक बजारमा स्थायित्व जमाएर आफ्नो ठाउँको विकासका लािग नेतृत्व पनि लिएका छन् । उनी उद्योग वाणिज्य सङ्घ विराटचौकको अध्यक्ष बनेर धेरै काम गरे । उद्योगले आर्जन गरेको मुनाफाबाट २० प्रतिशत समाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिरहेका छन् । भोलेश्वर म नेपाल बनाउँछु भनेर गफ दिँदैनन् बरु म आफू बसेको ठाउँ हरँैचालाई सुन्दर बनाउन सघाउँछु भन्छन् । पहिले कतै पनि विराटचौकमा भित्री सडक थिएनन् । तर अहिले सबैका घरघरमा फराकिला सडक बनेका छन् । यसमा भोलेश्वरकै योगदान छ । पूर्वपश्चिम राजमार्गमा रहेको विराटचौक बजार साँघुरो थियो । तर अहिले फराकिलो बनेको छ । जसको सिको अन्य बजारहरुले पनि गरेका छन् । यसमा पनि भोलेश्वरको योजनाले काम गरेको छ । भोलेश्वरले विराटचौकलाई नमुना सहर बनाउने योजना विकास गराउन सघाएका छन् । विराटचौकमा आधुनिक शौचालनय निर्माण गर्ने, तीन सय मिटर अग्लो भ्यु टावर निर्माण गर्ने, म्युजिक पार्क निर्माण गर्ने आदि आदि । भोलेश्वरकै प्रयासले हो विराटचौक ११ वर्ष पहिलेदेखि नै बन्दहडताल मुक्त बजार बनेको छ । यहाँ कुनै बन्दका बेलामा पनि बजार बन्द हुँदैन । अनि कुनै दुर्घटना भयो भने पनि राजमार्ग अवरुद्ध हुँदैन । स्थनीयले प्रतिरोध गरिहाल्छन् । समथर भूमागमा भएको र राजमार्गका दुवै किनारमा समान भूमि भएको विराटचौक बसोवासका लागि योग्य भएकाले विराटनगर र इटहरी जस्ता ठूला सहरपछिको वैकल्पिक सहर बनेको छ । मान्छेहरु धमाधम ओइरिन थालेका छन् । व्यपारको ह्वात्तै बिस्तार भएको छ । ठूला डिर्पाटमेन्ट स्टोर, अस्पताल र थोक व्यपारका पसल धमाधम खुलिरहेका छन् । भोलेश्वरलाई लागेको छ, अब दस वर्र्षभित्र विराटचौक साँच्चैको नमुना सहर बन्ने छ । विराटचौकलाई बनाउन भोलेश्वरकै पहलमा स्थनीय उद्योग वाणिज्य सङ्घले बर्सेनि औद्योगिक व्यपारिक मेला पनि लगाउँदै आएको छ । ठूला खेलप्रतियोगताहरु पनि आयोजना हुन थालेका छन् । भोलेश्वरले दुई सय विद्यार्थीलाई बर्सेनि छात्रवृत्ति दिइरहेका छन् । त्यसलाई बढाएर पाँच सय पुर्याउने लक्ष्य उनको छ । पैसा नभएका कारण कोही पनि विद्यार्थीको भविष्य बर्बाद नहोस् भन्ने उनी चाहन्छन् । उनले आफैले लगानी गरेको सलकपुरस्थित ब्राइट फ्युचर विद्यालयमा पनि एक सय विद्यार्थी निःशुल्क पढिरहेका छन् । हाल सामुदायिक विद्यालयमा पाँच सय जति सेनिटरी प्याड र साबुन वितरण गरिहेका छन् । मोरङभरिका विद्यालयमा सेनेटरी प्याड र साबुन वितरण गर्ने योजना उनको छ । त्यसका लागि बैङ्कमा कोष बनाउन योजनामा उनी लागेका छन् । भोलेश्वरले विराटचौकमै रहेको प्रणामी आश्रमलाई खाना पकाउन लाग्ने ग्याँस सधैँ निःशुल्क उपलब्ध गराउँदै आएका छन् । विराटचौकको खानेपानी योजना सफल बनाउन र एफएम सफलतापूर्वक सञ्चालन गराउनमा पनि भोलेश्वरकै अगुवाइ लिएका छन् । सबैतिर घाटामा गैरहेको गुनासो आइरहेका बेला विराटचौको सुसेली एफएमले चाहिँ बर्सेनि कर्मचारीहरुलाई बोनस बाड्ने गरेको छ । उनले एफएममा एक सय जना पार्टनर जोडेका छन् । जसले एक करोड रुपियाँ बैङ्कमा जम्मा भएको छ । त्यसैको व्यजाबाट आरामले एफएम सञ्चालन भइरहेको छ । भोलेश्वरले विराटचौक खानेपानी योजनाका लागि एक करोड मूल्य बराबरको जग्गा योगदान गरेका छन् । खेलमा रुचि राख्ने भोलेश्वरले विराटचौकमा आधुनिक व्याडमिन्टन क्लब बनाउने योजना अघिसारेका छन् । त्यसका लागि डेढ करोड खर्च गर्ने लक्ष्य छ । सलकपुरमा त्यसका लागि योजना अघि बढिसकेको छ ।
भाषण गर्न नआएपछि जेसिजमा सफल उद्योगी व्यपारी बनिसकेपछि भोलेश्वरलाई एउटा पीर खड्कियो । त्यो हो समाजमा नेतृत्व लिने । तर उनलाई शैली मिलाएर भाषण गर्न आउँदैनथ्यो । सबैका अगाडि बोल्न सक्दैनथे । एक चोटि त्यसै भयो । उनलाई एउटा कार्यक्रममा प्रमुख अतिथि बनाइयो । तर उनले माइकमा केही बोल्नै सकेनन् । त्यसपछि उनी कसरी नेतृत्व विकास गर्न सकिन्छ भन्ने खोजीमा लागे । त्यही क्रममा उनले जेसिजमा आबद्ध हुने सोच बनाए । तर जेसिजमा सदस्यता पाउन सकेनन् । यसैले उनले मोरङको उर्लाबारीमा नयाँ जेसिजको शाखा खोल्न सहयोग गरेर । त्यही मार्फत नेतृत्व विकासमा लागे । भाषण गर्न सक्ने मात्र हैन उनी तालिम दिन सक्ने क्षमता बनाउन सके । सन् २००५ मा जेसिजको शाखा अध्यक्ष बनेका भोलेश्वर सन् २०१० मा स्पेन गएका थिए । विजनेश टेनिङका लागि पुगेका भोलेश्वरलाई त्यहाँ एउटा कुराले हदै टच गर्यो । त्यो के भने पाँच वर्र्षको टार्गेटमा लक्ष्य भेटिँदैन भने त्यहाँ थप लगानी आवश्यक छैन । उनले स्पेनबाटै घोषणा गरे, पाँच वर्र्षभित्र नेपाल जेसिजको अध्यक्ष हुने र नभन्दै उनी सन् २०१२ मा नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष भएरै छाडे । आफ्नो लक्ष्यमा पुग्न सफल योजना बनाउन सिपालु भोलेश्वरको अबको लक्ष्य दश वर्र्षभित्र नेपाल उद्योग वणिज्य सङ्घको अध्यक्ष बन्ने छ । दृढ इच्छाशक्ति व्यक्त गर्दै उद्योगी भोलेश्वरले भने, अबको मेरो टार्गेट दश वर्र्षभित्र एपएनसीसीआईको अध्यक्ष हुने नै हो । हरैँचालाई सुन्दर बनाउन दश वर्र्षको परिकल्पना गरेर मास्टर प्लान गरिएको छ । जुन केही महिनाभित्रै सार्वजनिक पनि हुँदैछ । नगरमा हरियाली बढाउन ‘एक घर एक रुख संरक्षण’को एउटा अभियान पनि चल्दैछ । यसरी गर्दैछन् समाज सेवा प्रत्येक वर्र्ष एक सामुदायिक विद्यालयको एउटा कक्षा निर्माण गरिदिन्छन् । हालसम्म २० वटा जति विद्यालयको कक्षा निर्माण गरिदिइसकेका छन् । गरिब विद्यार्थीहरुलाई पढाउन आफैले निजी विद्यालय खरिद गरेर एक सय विद्यार्थीलाई आफै बसेको नगरपालिकाभित्रै पढाइरहेका छन् । मठ मन्दिर र आश्रमहरुलाई दान पनि खुलेर गर्छन् । बाटो निर्माणमा बर्सेनि लाखाँै खर्च गर्छन् । जिल्लाभरिका विद्यालयमा सेनटरी प्याड उपलव्ध गराउने योजनामा लागेका छन् । काम गर्ने कर्मचारीहरुलाई सरकारले तोकेको भन्दा बढी नै तलब दिइरहेका छन् । बर्सेनि २० लाखभन्दा बढी आयकर सरकारलाई बुझाउँछन । कुनै छल गर्दैनन् । सानो बजारमा उद्योग स्थापना गरेर बसेका छन् । त्यही ठाउँको विकासका लागि रमाइरहेका छन् । पहिलेको गाउँलाई सहरतर्फ उन्मुख गराइरहेका छन् । दश वर्र्षभित्र नमुना सहर बनाउन योजना पनि बनाइरहेका छन् । आइपरेका समस्या समाधान गराउन र भौतिक पूर्वाधार बनाउन सक्रिय भएर जुधिरहेका छन् । भन्छन, उद्यम गर्नुको अर्थ विकासका लागि हो र आफ्नै ठाउँको विकास गरिएन वा भएन भने त्यो उद्यमको के अर्थ ?
सबैभन्दा राम्रो मुलुक नेपाल उद्यम गर्नका लागि नेपालभन्दा राम्रो, सुरक्षित सम्भावना भएको मुलुक अर्को छैन भन्ने भोलेश्वर धेरै क्षेत्रमा हैन एउटै क्षेत्रको उद्यमी बनेमा नामी र दामी हुन सक्ने सुझाउँछन् । नेपालमा सेवामूलक व्यवसायको भविश्य धेरै राम्रो देख्ने भोलेश्वर कुनै पनि उद्यम सुरु गर्नुभन्दा पहिले अध्यन गरेर निश्चित योजना बनाउनुपर्नेमा जोड दिन्छन् । विदेशिएका नयाँ पुस्तालाई विश्वास दह्रो बनाए नेपलमै धेरै थोक गर्न सकिने उनी सुझाउँछन् ।
प्रस्तुति : गणेश लम्साल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण