उर्जा मन्त्री शर्माका १० महिनाका काम – लोडसेडिङ अन्त्यदेखि विद्युतमा जनताको लगानीसम्म
सोमबार, २२ जेठ २०७४, १८ : १५
जेठ २२, काठमाडौं -ऊर्जा मन्त्री जनार्दन शर्माले कार्यकालको १० महिनामा ऊर्जा क्षेत्रको संस्थागत, व्यवस्थापकीय र संरचनागत सुधार, विद्युत चुहावट नियन्त्रण लगायतका क्षेत्रमा उलेख्य उपलब्धि हासिल गरेका छन् । साउन अन्तिममा दैनिक ८ घण्टा भइरहेको लोडसेडिङलाई हटाउनु शर्माको मुख्य उपलब्धि हो । अलिहे औद्योगिक ग्राहकको बाहेक अन्यको लोडसेडिङ अन्त्य भइसकेको छ । उद्योगले पनि दैनिक दुई सिफ्ट चल्ले गरि विजुली पाइरहेका छन् । लोडसेडिङ अन्त्यको प्रत्यक्ष प्रभाव मुलुकको अर्थतन्त्रमा देखिएको छ । यस वर्ष आर्थिक बृद्धि करिव ७ प्रतिशत हासिल हँुदैछ । ‘तिव्र ईच्छाशक्ति, प्रयास , योजनावद्ध खटाईवाट उपलव्धी आँउदो रहेछ, नेतृत्वले चुनौती लिनै पर्दछ, विकास र रुपान्तरण हाम्रै पालामा सम्भव छ, भन्ने सकारात्मक सोचको विकास भएको छ’शर्माले आफ्नो कार्यकालको मुल्याङकन गर्दे भने ।
नीतिगत उपलव्धीः
“नेपालको पानी जनताको लगानी” एवं “उज्यालो नेपाल अभियान” सहितको ३७ वुँदे घोषणापत्र
विद्युत नियमावली २०५० संसोधन
विद्युत नियमन आयोगको सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक, व्यवस्थापिका संसदमा विचाराधिन अवस्थामा रहेको ।
उर्जा मन्त्रालय अन्र्तगतका निकायहरुमा पदाधिकारी तथा कार्यकारी नियुक्ति सम्वन्धी मापदण्ड म.प.वाट स्वीकृत ।
वुढी गण्डकी जलासय युक्त आयोजनाको वातावरण, मुआव्जा, पुर्नस्थापना ईकाई गठन निर्देशिका स्वीकृत ।
जलशाययुक्त, नदी वहावमा आधारित, पिकिङ रन अफ रिभर र अमेरिकी डलरमा विद्युत खरिद बिक्री सम्झौता (पीपीए)को निर्देशिक तयार गरि कार्यान्वयन
७ वर्ष भित्र १७ हजार मेघावाट विद्युत उत्पादन गरी आत्मनिर्भर अर्थतन्त्र तर्फ अगाडी वढ्ने प्रतिवद्धता घोषणा ।
संस्थागत व्यवस्था तर्फ उपलव्धी
विद्युत उत्पादन कम्पनी
- वुढी गण्डकी जलविद्युत विकास कम्पनी ः स्थापना हुँदै
- नलसिङ्गगाड जलविद्युत विकास कम्पनी
- जगदुल्ला जलविद्युत आयोजना कोरियामा रहेका नेपाली समेतको लगानीमा
ग्रिड कम्पनी
विद्युत चुहावट तथा नियन्त्रण कार्यदल
विद्युत प्राधिकरण मातहत ः
- विद्युत व्यापार कम्पनी
- ईन्जिनियरिङ्ग कम्पनी
- अपर अरुण जलविद्युत कम्पनी
- दुधकोशी जलविद्युत कम्पनी
- तामाकोशी पाँचौ जलविद्युत कम्पनी
- राहुघाट जलविद्युत कम्पनी
- उत्तरगंगा जलविद्युत कम्पनी
- आँधिखोला जलविद्युत कम्पनी
- कोहलपुर, ताप्लेजुङ्ग, वालाजु, चन्द्रनिगाहापुर, रुकुम नयाँ वितरण केन्द्र स्थापना
वेतान कर्णाली राष्ट्रसेवकहरु समेतको लगानीमा निर्माण गर्ने चरणमा प्रवेश गरेको ।
व्यवस्थापकिय उपलव्धीे
गुनासो व्यवस्थापनका लागि मन्त्रीको निजि सचिवालयमा नै गुनासो व्यवस्थापन गर्न डाइरेक्ट, टेलीफोन, एस.एम.एस., ईमेलको व्यवस्था गरी तथा तत्काल रेस्पोन्स गरिएको ।
प्रसारण, वितरण, उत्पादन लगाएतका ठुला आयोजनाहरुको दैनिक प्रगती प्रतिवेदन सङ्कलन र उच्च तहबाट नै अनुगमन, मुल्याङ्कन र सहजिकरण भैरहेको ।
बिभिन्न आयोजना तथा उर्जा क्षेत्रका समस्या रहेका तत तत स्थानहरुमा मन्त्री, राज्यमन्त्री, सचिव, कार्यकारी निर्देशक र अन्य विभागिय प्रमुखहरु सहितको संयुक्त अनुगमन, मुल्याङ्कन र सहजीकरण टिमले फिल्डमा खटिई आवश्यक समस्या समाधानकोलागी पहल गरिरहेको ।
बिद्युत चुहावट गर्ने उपर कार्वाहीलाई तिब्रता दिईएको ।
विद्युत चुहावट नियन्त्रण उपर अन्तर सरकारी निकाय, आम नागरिकहरुको प्रत्यक्ष सहयोग र समर्थन जुटाईएकोे ।
बित्तिय तथा लगानी उपलब्धिः
बिद्युत महसुल बक्यौता ठुलो रकममा असुल उपर गरीएको ।
जलबिद्युत क्षेत्रमा सरकार, निजिक्षेत्र सार्वजनिक संस्थान, नागरिक, सबैको बित्तिय लगानी जुटाउन उत्पादन कम्पनिलाई अगाडी सारिएको ।
उर्जा क्षेत्रको विकासका लागि गत आ.व. भन्दा ठुलो परिमाणमा वजेट विनियोजन गर्न सफल भएको ।
“नेपालको पानी जनताको लगानी” भन्ने मूलमर्मका साथ उर्जामा लगानीको सुनिश्चितता गर्न लगानी प्रतिवद्धता आहन
विद्युत चुहावट घटाई, बक्यौता असुल गरी, वितरण र उत्पादनमा अधिकतम उपलव्धी हासिल गर्दै, प्राधिकरणमा व्यवस्थापकिय सुधार गरी प्राधिकरणको घाटालाई कम गर्दै नाफा तर्फ अगाडी वढ्ने वाटो तय गरिएको
विद्युत प्राधिकरणको वित्तिय पुर्नसंरचना गरिएको
नतिजा सूचकमा उपलव्धी
विद्युतमा जनसंख्याको पहुँच ७४ प्रतिशत पुगेको छ, जो गत आ.व. भन्दा ६ प्रतिशत वढी हो तर राष्ट्रिय विद्युत प्रणालीवाट विद्युतमा पहुँच प्राप्त जनसंख्या गत आ.व.मा ५८ प्रतिशत रहेकोमा यस आ व मा १० प्रतिशतले वृद्धि भई ६८ प्रतिशत पुगेको ।
विद्युत चुहावटमा गत आ.व. भन्दा करिव ३ प्रतिशतले कमी आएको छ । (२६ वाट करिव २३)
६६ के भी र सो भन्दा माथीको लाईन गत आ.व.मा २९७० कि.मि. रहेकोमा यस आ.व. मा करिव ८७० कि.मि. निर्माण भई ३४८० कि.मि. पुगेको ।
३३ केभी र ११ के भी प्रसारण लाईन पनि यस आवमा क्रमशः करिव ५०० कि.मी. र १५०० किमि थप ।
प्रतिव्यक्ति विद्युत खपत १४१ किलोवाट घण्टा गत आ.व मा रहेकोमा १५१ किलोवाट घण्टा पुगेको
विद्युत प्राधिकरण, उर्जा मन्त्रालय मातहतका सवै कर्मचारीहरुको शिर उचो भएको, सामाजिक सम्मान, प्रतिष्ठा र विश्वास वढेको
तिला जलविद्युतमा कर्णालीका प्रत्येक घर परिवारले एक एक लाख ईक्वीटी शेयर लगानी गर्न पाउने सुनिश्चितता गरिएको
विद्युत खरिद तर्पm
- पिपिएलाई सरल, सहज एवं छिटो छरितो र पारदर्शी बनाइएको ।
- लेउ वा देउ प्रावधान राखेर पिपिए गर्ने व्यवस्था गरिएको ।
- भ्याट छुट एवं अन्य छुट दिने बारे प्रक्रिया अगाडी बढाइएको ।
-१०० मेगावाटसम्मका आयोजनाहरुको खरिद सम्मmौता कार्यकारी निर्देशक मार्पm गर्ने व्यवस्था गरिएको ।
अन्तरदेशीय विद्युत व्यापार
- नेपाल भारतको ग्रीड सिस्टम सिङ्क्रोनाईज गरिएको ।
- नेपाल र भारतको एक अर्को देशको विद्युत वजारमा विना रोकटोक पहुच हुने व्यवस्था गर्न पहल गरिएको ।
- क्षेत्रीय विद्युत वजारमा नेपालको पहुंच स्थापित गर्न भारत भएर बंगलादेशसम्मको विद्युत वजारको लागि नेपालको नेपालले पहल गरिरहेको ।
जल विद्युत तथा प्रशारण लाइनको लाइसेन्स तर्पm
- १०० मेगावाटसम्मको उत्पादन सर्भेक्षण एवं निर्माण लाईसेन्स्, २२० के.भी सम्मका प्रसारण लाईन र वितरण लाईनको सर्भेक्षण एवं निर्माण लाईसेन्स् विद्युत विकास विभागबाटै दिन सकिने गरी नियम परिवर्तन गरी लागू गरिएको ।
- म्याद नागेका वा तोकिए अनुसारको प्रगति नदेखिएका लाईसेन्स खारेज गरिएको ।
विद्युत माग प्रक्षेपण
- जल तथा उर्जा आयोग मार्पmत नेपालको आगामी २० वर्षको विद्युत माग प्रक्षेपन गरी लागू गरिएको ।
वितरण तर्पm
लालपुर्जा र नक्सा नभएका ग्राहकहरुलाई पनि मिटर जडान गर्ने व्यस्था गरिएको
निर्माणाधीन तर विभिन्न कारणले सम्पन्न नभएका वितरण लाईन तथा सव्स्टेसन आयोजनाहरु सम्पन्न गर्ने कार्य गरिएको
काठमाडौ उपत्यका लगायत देशका मुख्य शहरहरुको वितरण प्रणालीको क्षमता अभिबृद्धि एवं सुदृढ गर्न पहल गरिएको
काठमाडौमा भूमिगत वितरण प्रणाली विकास गरी शहरलाई सुन्दर र वातावरण मैत्री वनाउन अध्ययन गरि कार्यक्रम अगाडि बढाइएको ।
उपभोक्तालाई गुणस्तरीय र भरपर्दो विद्युत आपर्ति गर्न तथा विद्युत चुहावट नियन्त्रण गर्न स्मार्ट मिटर (क्mबचत ःभतभच) तथा स्मार्ट ग्रीड ९क्mबचत न्चष्म० को अवधारणा अनुरुप काठमाडौ उपत्यकाभित्र शुरु ग्रिएको ।
सम्पूर्ण नेपाली जनताको विद्युतमा पहुंच हुने गरी ग्रामीण विद्युतिकरण कार्यलाई अभियानको रुपमा अगाडि बढाईएको ।
इनर्जी इफिसिन्सी अन्तर्गत वल्व प्रयोगमा ल्याउन प्रक्रिया अगाडी बढाइएको
प्रशारण लाइन तर्फ
कुशाहा(कटैया, रक्सौल(परवानीपुर १३२ के।भी। लाइन निर्माण सम्पन्न गरिएको
हेटौडा(कुलेखानी(स्विचाटार १३२ के।भी डवल सर्किटको चार्ज गरिएको
खिम्ति–ढल्केवार २२० के.भी. प्रसारण लाईन निर्माण सम्पन्न गरिएको
नयां कटैया–कुशाहा १३२ के.भी. प्रसारण लाईन र नयां रक्सौल–परवानिपुर १३२ के.भी. प्रसारण लाईन तथा सव्स्टेसनहरु निर्माण सम्पन्न गरिएको
ढल्केवारमा २२०÷१३२ के.भी. २ₓ१६० एम.भि.ए. क्षमताको सव्स्टेसन निर्माण कार्य तिब्र पारिएको । त्यस्तै ईनरुवा र हेटौडामा २२०÷१३२ के.भी. सवस्टेसन निर्माण कार्य तिब्र पारिएको ।
हेटौडा–ढल्केवार–र्ईनरुवा ४०० के.भी. प्रसारण लाईन निर्माण कार्य तिब्र पारिएको
न्यू मस्याङ्दी–मातातिर्थ २२० के.भी. प्रसारण लाईन ठेक्का संझौता गरी काम सुरु गरिएको
भरतपुर–हेटौडा २२० के.भी. प्रसारण लाईन निर्माण कार्य तिब्र पारिएको
भरतपुर–वर्दघाट २२० के.भी. प्रसारण लाईन निर्माण कार्य तिब्र पारिएको
सोलुकरिडोर अन्तर्गत प्रसारण लाईन तथा सवस्टेसन निर्माण कार्य तिब्र पारिएको
कालिगण्डकी करिडोर अन्तर्गत कुश्मा–दाना, कुश्मा–बुटवल २२० के.भी. प्रसारण लाइन तथा सव्स्टेसन निर्माण कार्य तिब्र पारिएको
कोशी करिडोर अन्तर्गत दुहवी–वसन्तपुर–तुम्लिङटार २२० के.भी. प्रसारण लाईन निर्माण कार्य तिब्र पारिएको
मस्र्याङदी करिडोर २२० के.भी. प्रसारण लाईनको निर्माण कार्य तिब्र पारिएको
खिम्ति बाह्रविसे ४०० के.भी. लाईन निर्माण कार्य तिब्र पारिएको
बाह्रविसे काठमाडौ ४०० के.भी. लाइन निर्माण कार्य तिब्र पारिएको
ढल्केवार, ईनरुवा र हेटौंडामा ४००÷२२० के.भी. सव्स्टेसनहरु विस्तार गर्ने कार्य सुरु गरिएको
चिलिमे—त्रिशुली २२० के.भी. लाईन निर्माण गर्न ठेक्का प्रक्रिया शुरु गरिएको
त्रिशुली (पहिरे वेसी) देखि मातातिर्थ र चिलिमे हवदेखि त्रिशुली (पहिरे वेसी) २२० के.भी. प्रसारण लाईन तथा हव सव्स्टेसनहरुको ठेक्का प्रक्रिया शुरु गरिएको ।
भरतपुर—गल्छी—रसुवागडी —केरुङ ४०० के.भी प्रसारण लाईन निर्माण गर्न चिन सरकारसँग छलफल गरिएको
बर्दघाट÷बुटवल—सुनौली—गोरखपुर ४००÷७६५ के.भी प्रसारण लाईन निर्माण गर्न भारत सरकारसँग छलफल गरिएको
उत्पादन तर्पm
चिनी मिलबाट निस्किने बगासबाट बिधुत निकाल्ने तथा खरिद गर्ने नीतिगत व्यवस्था ्गरिएको
नेपाल बिधुत प्राधिकरण अन्तर्गत तथा अन्य जलबिधुत कम्पनीहरु खोलिएको
निर्माणधीन जलविद्युत आयोजनाहरु छिटो संचालनमा ल्याउन पहल गरिएको ।
त्रिशुली ३ ए जलविद्युत आयोजना (६० मेगावाट)को निर्माण कार्य तिव्र पारिएको
चमेलिया जलविद्युत आयोजना (३० मेगावाट) सम्पन्न गर्न अन्तिम अवस्थामा पुर्याइएको
कुलेखानी जलविद्युत आयोजना (१४ मेगावाट)को निर्माण कार्य तिव्र पारिएको
अप्पर तामाकोशी जलविद्युत आयोजना (४५६ मेगावाट) निर्धारित समय भन्दा अगाडि नै सम्पन्न गर्न पहल गरिएको तथा निर्देशन दिइएको
रसुवागडी जलविद्युत आयोजना (१११ मेगावाट)को निर्माण कार्य तिव्र पारिएको
मध्यभोटेकोशी जलविद्युत आयोजना (१०२) मेगावाट)को निर्माण कार्य तिव्र पारिएको
सान्जेन जलविद्युत आयोजना (४२.५ मेगावाट)को निर्माण कार्य तिव्र पारिएको
अप्पर सान्जेन जलविद्युत आयोजना (१४.८ मेगावाट)को निर्माण कार्य तिव्र पारिएको
तनहू जलाशययुक्त आयोजना (१४० मेगावाट)को निर्माण प्रक्रिया अगाडि बढाइएको
त्रिशुली ३ वि जलविद्युत आयोजना (३७ मेगावाट)को निर्माण प्रक्रिया अगाडि बढाइएको
राहुघाट जलविद्युत आयोजना (४० मेगावाट)को निर्माण प्रक्रिया अगाडी बढाइएको
मोदी र अप्पर मोदी जलविद्युत आयोजना (४२+१८=६० मगावाट)को निर्माण प्रक्रिया अगाडि बढाइएको
२५ मेगावाटको सोलार खरिद र जडान कार्य अगाडी वढेको
६५ मेगावाटको सोलारको लागि पि.पि.ए गर्ने कार्य अगाडि बढाइएको
उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना (३०० मेगावाट) कम्पनि मोडेलमा सुरु गरिएको
दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना (३०० मेगावाट) कम्पनि मोडेलमा सुरु ग्रिएको
अप्पर अरुण जलविद्युत आयोजना (३३५ मेगावाट) कम्पनि मोडेलमा सुरु ग्रिएको
तमोर जलाशययुक्त जलविद्युत आयोजना (६९२ मेगावाट) कम्पनि मोडेलमा सुरु ग्रिएको
तामाकोशी ५ जलविद्युत आयोजना (८७ मेगावाट) कम्पनि मोडेलमा सुरु ग्रिएको
पश्चिम सेति जलाशययुक्त जलविद्युत आयोजना (७५० मेगावाट) कम्पनि मोडेलमा सुरु ग्रिएको
वेतन कर्णालि संचयकोष तथा उत्पादन कम्पनी मार्फत अगाडी बढाइएको
तल्लो अरुण (४०० मेगावाट) उत्पादन कम्पनी मार्फत अगाडी बढाइएको
सुनकोशी ३ (५३६ मेगावाट)विद्युत विकाश विभाग मार्फत अध्ययन सुरु गरिएको
सुनकोशी २ (१११० मेगावाट)विद्युत विकाश विभाग मार्फत अध्ययन सुरु गरिएको
खिम्ति ठोसे (५०० मेगावाट)उत्पादन कम्पनी मार्फत अगाडी बढाइएको
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण