निर्माण सामाग्री बोक्न विद्यार्थीको प्रयोग
सुमित श्रेष्ठ
रामेछाप, जेठ २२ – रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ८ चिसापानीस्थित भिमेश्वर रुद्र माध्यमिक विद्यालय भवन निर्माणका लागि ईटा बोक्न विद्यार्थीको प्रयोग गरिएको छ । डब्लू डब्लू एच नामक अमेरिकी संस्थाको सहयोगमा निर्माण भइरहेको १३ कोठे विद्यालय भवन निर्माणका लागि स्थानीयले गर्नुपर्ने अनुदान स्वरुप स्कूले बालबालिकालाई निर्माण सामाग्री ओसारपसारमा प्रयोग गरिएको हो । यता, स्कूले बालबालिकालाई काममा लागएर श्रम शोषण गरेको अभिभावकले गुनासो गरेका छन् । सोही विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष मोहनकुमार श्रेष्ठले अभिभावकसँग सल्लाह नै नगरि कक्षा ६ देखि १० सम्मका बालबालिकालाई निर्माण सामाग्री बोक्न प्रयोग गरेको बताए । श्रेष्ठका अनुसार गत बिहीबार र शुक्रबार २ दिन पठनपाठन नै बन्द गरेर बालबालिकालाई काममा प्रयोग गरिएको हो । अमेरिकी संस्था डब्लू डब्लू एचको करिब २ करोड आर्थिक सहयोगमा नेपाल ग्रामिण पुनःनिर्माण संस्था (आरआरएन)ले भवन निर्माणको काम गरिरहेको छ । निर्माण सामाग्री बोक्न बालबालिका प्रयोग गरिएको विषयलाई लिएर सोमबार बसेको विद्यालय ब्यवस्थापन समितिको बैठक समेत विनानिष्कर्ष टुङ्गिएको विद्यार्थी अभिभावक संघका अध्यक्ष श्रेष्ठले बताए । निर्माणाधिक भवन निरीक्षणको लागि मंगलबार जर्मन र फ्रान्सका राजदूत आउँने भएपछि काम धेरै भएको देखाउँन बालबालिकालाई श्रममा प्रयोग गरिएको अभिभावकले बताएका छन् । विद्यालय खोले पनि कक्षा बन्द गराएर आपूmहरुलाई शिक्षकले इटा बोक्न लगाएकोे कक्षा १० मा अध्ययनरत छात्र अविक श्रेष्ठले बताए । ‘सरहरुले नपढाएर हामीलाई २ दिनसम्म इटा बोक्न लगाउनु भयो–’ श्रेष्ठले गुनासो गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण