शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

असारमा मेक्स अप्सन ट्रेडिङ्ग च्यालेन्ज हुने

सोमबार, २२ जेठ २०७४, १७ : ३२
सोमबार, २२ जेठ २०७४

काठमाडौं, जेठ २२–कमोडिटी बजारको ब्यवहारिक ज्ञान अभिवृद्धि गर्ने बिभिन्न पक्षलाई आकर्षित गर्ने उद्देश्य सहित मेक्स नेपालले मेक्स अप्सन ट्रेडिङ्ग च्यालेन्ज २०१७ को आयोजना गर्ने भएको छ । प्रतियोगितामा कुनै पनि ईच्छुक ब्यक्तिले निशुल्क सहभागी हुन पाउने छन् । सबै सहभागिले ५० हजार बराबरको नमूना कारोबार रकम प्राप्त गर्ने जनाइएको छ । प्रतियोगितामा सहभागीले आफ्नो कारोबार कौशलता, कारोबार रणनीति, अनुशासन र पूँजी व्यवस्थापनमा दक्षता देखाउन सक्ने जनाइएको छ । असार १९ गतेदेखि साउन १६ गतेसम्म आयोजना हुने प्रतिस्पर्धामा उपलव्ध रकमलाई बढाएर सबै भन्दाबढी पूँजी बनाउने तीन जना सहभागीलाई बिजेता धोषणा गरिने जनाइएको छ । पहिलो बिजेताले २० हजार, दोस्रो र तेस्रो बिजेताले क्रमशः १५ हजार र १० हजार बराबरको वास्तबिक रकम जित्ने छन् । उक्त प्रतिस्पर्धामा हाल एक्सचेन्जको अप्सन कारोबार स्थलमा उपलब्ध वास्तबिक कारोबारको लागि उपलब्ध सम्पुर्ण करार उपलब्ध हुनेछन् । साथै करारको मुल्य उतार चढाव पनि वास्तविक नै हुने जनाइएको छ । वास्तविक कारोबार स्थलमा उपलब्ध सम्पूर्ण सुविधा समेत यस नमूना कारोबार प्रतिस्पर्धामा उपलब्ध हुने छ । यस प्रतिस्पर्धामा सहभागी हुन असार १४ सम्म दर्ता गरि सक्नु पर्ने र सबै दर्ता भएका सहभागीलाई नमूना कारोबार स्थल साथै त्यसको लग ईन युजर र पासवर्ड उपलब्ध गराईने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप