लैंगिक समनाताका लागि ५ मिनेट भिडियो सार्वजनिक (भिडियो)
काठमाडौं, जेठ २१ – एन्टेना फाउन्डेसन नेपालले लैंगिक समानता अभिबृद्धीका लागि पाँच मिनेट नामक भिडियो सार्वजनिक गरेको छ । ललितपुरमा सोमबार एक समारोहका बीच लैंगिक विभेदको अन्त्य गर्ने उद्देश्यका साथ निर्माण गरिएको चेतनामुलक भिडियो सार्वजनिक गरिएको हो ।
पाँच मिनेटको चेतनामुलक भिडियोका प्रत्येक भागहरु प्रत्येक हप्ता संस्थाको युट्युव च्यानल तथा फेसबुक पेजबाट प्रशारण गरिने लक्ष्य लिइएको छ । घरका महिला सदस्यले गर्ने कामलाई विभिन्न क्षेत्रका चर्चित पुरुषहरुबाट रियालिटी गेम शो को रुपमा निमार्ण गरी लैंगिक समानतालाई अघि बढाउने उद्धेश्य लिइएको एन्टेना फाउन्डेसनका कार्यकारी निर्देशक सतिश जंग शाहीले जानकारी दिए ।
फाउन्डेसनले सार्वजनिक गरेको पहिलो भिडियो अंकमा नेपालका चर्चित पाँच गायकहरुलाई समावेश गरिएको छ । कार्यक्रम पाँच मिनेट राखिएको उक्त भिडियोमा गायक तथा संचारकर्मी रविन शर्मा प्रस्तोताको भूमिकामा रहेका छन् भने गायक हेमन्त शर्मा, कमल खत्री, प्रमोद खरेल, धर्मेन्द्र सेवान र विजय लामा सहभागी रहेका छन् ।
लैगिंक समानता अभिबृद्धी गर्ने भिडियोमा गीत संगित, सिनेमा, खेलकुद, मिडिया लगायतका विभिन्न क्षेत्रका परिचित ब्यक्तिहरुलाई अगामी पाँच मिनेट भिडियो अंकहरुमा समावेश गरिने फाउन्डेसनका अध्यक्ष रविन शर्माले जानकारी दिए । दैनिक कामकाजका क्षेत्रमा लैङ्गीक सहभागिता अभिबृद्धी गर्ने यस किसिमका भिडियो सामग्री ३९ भागमा समेटिने फाउन्डेनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण