शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ओखलढुंगाका दर्जन बढी शिक्षकहरु जागिर छाडेर चुनावी मैदानमा

सोमबार, २२ जेठ २०७४, १७ : ३५
सोमबार, २२ जेठ २०७४

रामहरि श्रेष्ठ

ओखलढुङगा, जेठ २२ – ओखलढुंगामा शिक्षण पेसामा रहेर राजनीतिमा क्रियाशील शिक्षकहरु पार्टीले चुनावमा उम्मेदवार बनाउने भएपछि जागिर छोडेर चुनावी मैदानमा होमिएका छन् । जिल्लाका एक दर्जन बढि शिक्षकहरु चुनावी मैदानमा होमिएका हुन् ।

मुख्य गरी तीन राजनीतिक दल, नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबाट ओखलढुंगामा एक दर्जन बढी शिक्षकहरु स्थानीय तहको चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । जिल्ला शिक्षा कार्यालयका अनुसार जिल्लाबाट १४ जना शिक्षकहरुले राजीनामा दिएका छन् । राजीनामा दिएकामध्ये अधिकांश चुनावी मैदानमा होमीएका छन् ।

स्थानीय चुनावमा प्रतिस्पर्धा गर्न राजिनामा दिएका अधिकांश शिक्षकहरुको पेन्सन भइसकेको र कतिले बीचैमा छोडेका छन् । राजीनामा दिएका शिक्षकमध्ये २ जनाले भने उम्मेदवारको टिकट पाएनन् । नेपाली कांग्रेसबाट शिक्षक संगठनमा आवद्ध उनिहरुलाई पार्टीले टिकट नदिएपछि असन्तुष्ट बनेका छन् ।

टिकट नपाउनेमा चिसंखुगढी गाउँपालिको माम्खाका लोकबहादुर राई र सुनकोसी गाउँपालिका बलखुका केशव लुइँटेल छन् । राई गाउँपालिका अध्यक्ष र लुइँटेल वडा अध्यक्ष लड्ने तयारीमा रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप