शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

अपि पावर कम्पनीद्वारा त्रिशुली गल्छी जलविद्युत आयोजना निमार्ण सुरु

सोमबार, २२ जेठ २०७४, १७ : ४०
सोमबार, २२ जेठ २०७४
काठमाडौं, जेठ २२–अपि पावर कम्पनी प्रालिले हालसम्मकै ठूलो परियोजनाका रूपमा रहेको त्रिशुली गल्छी जलविद्युत् आयोजना (७५ मेवा)को पनिनिर्माण प्रारम्भ गरेको छ । सिद्धकाली पावर कम्पनीद्वारा अघि बढाइएको यस आयोजनामा अपिले बहुमत शेयरमा लगानीगरि आयोजनाको निर्माण कार्य सुरु भएको छ । धादिङ र नुवाकोट जिल्लामा आयोजनाको निर्माण कार्य हुनेछ । आयोजनाको बाँध स्थान नुवाकोट र पावर हाउस धादिंङ जिल्लामा रहने छ । यो आयोजनाको निर्माण अवधी ४ बर्षको हुने र आयोजनाको निर्माण पश्चात अपिपावरका शेयरधनी  लाभांन्वित हुने जनाइएको छ । सिद्धकाली पावर लिमिटेडले स्थानियहलाई शेयर निष्काशन गरि यो कम्पनी समेत नेपाल स्टक एक्सचेन्जमा सूचिकृत हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप