घोषण भएकै दिन धुर्मुस सुन्तलीलाई अल्काको २५ लाख सहयोग
सोमबार, २२ जेठ २०७४, १८ : ००
काठमाडौं, जेठ २२ – अल्का अस्पतालले धुर्मुस सुन्तली फाउण्डेसनको तेस्रो परियोजना नमुना नेपाल निर्माणमा २५ लाख रुपैया सहयोग गर्ने घोषणा गरेको छ ।
राजधानीमा सोमवार आयोजित नमुना नेपाल निर्माणको अवधारणा सार्वजनिक कार्यक्रमलाई सम्वोधन गर्दे अल्का अस्पतालका अध्यक्ष कुमार थापाले फाउण्डेसनको उक्त परियोजना निर्माणलाई २५ लाख रुपैया सहयोग गर्ने घोषणा गरेको हो ।
नेपाललाई विश्व सामु चिनाउन धुर्मुस सुन्तली फाउण्डेसनले शुरु गरेको परियोजनालाई सफल बनाउने अभियान अन्र्तगत आफुले उक्त रकम सहयोग गर्न लागेको अध्यक्ष थापाले बताए । ‘विगतमा सामाजिक उत्तरदायित्वको क्षेत्रमा हामीले थुप्रै सहयोगका कार्यक्रम गरिसकेका छौ’ अध्यक्ष थापाले भने’, ‘तर नेपाललाई विश्व सामु चिनाएर समग्र नेपालीको शिर उचो पार्ने यस महान अभियानलाई एक नेपालीको तर्फबाट सफल पार्ने प्रयास स्वरुप सहयोग गर्न पाँउदा खुसी लागेको छ ।’
उक्त रकम फाउण्डेसनले माग गरे लगत्तै प्रदान गरिने थापाले बताए । कार्यक्रममा धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले सहयोगको घोषणाप्रति धन्यवाद दिदै नमुना नेपालको परियोजनालाई सफल बनाउने अभियानमा उक्त रकमले ठुलो सहयोग पुग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण