शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

देउवा सरकारमा पार्टीबाट नेतृत्व गर्ने म स्वभाविक दाबेदारः रायमाझी

सोमबार, २२ जेठ २०७४, १८ : ०३
सोमबार, २२ जेठ २०७४

काठमाडौँ, जेठ २२– नेकपा माओवादी केन्द्रका संसदीय दलका उप–नेता टोपबहादुर रायमाझीले भोली हुन लागेको प्रधानमन्त्री निर्वाचनमा नेकपा (एमाले)ले सदन अवरोध नगर्ने विश्वास व्यक्त गरेका छन् । राजधानीमा सोमबार आयोजित कार्यक्रममा उनले काँग्रेससँग भएको सहमतिअनुसार नै माओवादी केन्द्रले आफ्नो नेतृत्वको सरकारबाट राजीनामा दिएको बताउँदै सरकारमा जाने विषयमा पार्टीभित्र कुनै विवाद नरहेको बताए । उनले प्रधानमन्त्रीमा काँग्रेसका सभापति शेरबहादुर देउवा अत्याधिक मतका साथ विजयी हुने समेत दाबी गरे । उनले पार्टीबाट देउवा सरकारमा नेतृत्व गरेर जानको लागि आफू उपर्युक्त रहेको समेत जिकिर गरे । उनले भने,‘पार्टीबाट अब बन्ने सरकारमा कसले नेतृत्व गर्ने र को को सहभागी हुने भन्ने विषय छिट्टै टुँगो लाग्छ, यसमा पार्टी नेतृत्वले जिम्मेवार भएर निर्णय गर्छ भन्ने मैले विश्वास लिएको छु।’ तपाईले अब बन्ने सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्न पाउँ भनेर दाबी गर्नुभएको छ अरे नि त भन्ने पत्रकारको प्रश्नमा रायमाझीले भने,‘म संसदीय दलको उपनेता हुँ, म दाबेदार भन्दापनि यो कुरा स्वभाविक हुनपर्ने हो।’

उनले संविधान कार्यान्वयनको लागि आगामी माघ ७ गतेभित्र तीन तहकै निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता रहेकोले सबै दल जानुपर्ने बताए ।

त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालका नेता राजकिशोर यादवले यथास्थितिमा आफूहरु दोस्रो चरणको निर्वाचनमा भाग नलिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप