‘स्वास्थ्य बिग्रियो’ भन्दै वीर अस्पताल पुगे चुडामणि शर्मा
राजेश भण्डारी
जेठ २२, काठमाडौं– भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मा ‘स्वास्थ्य बिग्रियो’ भन्दै सोमबार वीर अस्पताल पुगेका छन् ।
कर फछ्र्योटमा अनियमितता तथा राजस्व हिनामिना लगायका भ्रष्टाचारजन्य कार्य गरेको आरोपमा टंगालस्थित अख्तियारको हिरासतमा राखेर अनुसन्धान भईरहेको बेला स्वास्थ्य परिक्षणको माग गरेपछि उनलाई वीर अस्पताल पठाइएको अख्तियार प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए ।
उनले भने, ‘मध्यान्ह स्वास्थ्य परिक्षण गर्न वीर अस्पताल लगिएको थियो, भर्ना भएको अथवा फर्केको बारे थाहा भएन ।’
गत १९ गते आन्तरिक राजस्व विभागस्थित आफ्नै कार्यकक्षबाट पक्राउ परेका शर्मालाई विशेष अदालत काठमाडौंले पक्राउ परेको मितिले सात दिन थुनामा राखेर अनुसन्धान गर्न आईतबार अनुमती दिएको थियो ।
अख्तियार स्रोतका अनुसार शर्माले आफुलाई प्रेसर बढेको भन्दै अस्पताल लैजान आग्रह गरेपछि अख्तियारका प्रहरीले उनलाई अस्पताल लगेका हुन् । अहिले चेकजाँच भईरहेको र भर्ना गर्ने तयारी भईरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण