शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पुनःनिर्माणका लागि आवश्यक जनशक्ति व्यवस्थापनमा युएनडीपीले सहयोग गर्ने

सोमबार, २२ जेठ २०७४, १८ : २६
सोमबार, २२ जेठ २०७४
काठमाडौँ, जेठ २२ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) बीच पुन निर्माणका लागि प्राधिकरणमा आवश्यक पर्ने जनशक्ति उत्पादनबारे समझदारी भएको छ । प्राधिकरणका सचिव सर्वजीत प्रसाद महतो र युएनडीपीका नेपाल निर्देशक रेनड मेयरले उक्त समझदारीमा हस्ताक्षर गरेका हुन् । कार्यक्रम जेठ २० (२०१७ जुन २) बाट लागू भएको छ र २०७६ पुस १६ (२०१९ डिसेम्बर ३१) सम्म चल्नेछ । कार्यक्रमका लागि करिब ६० लाख अमेरिकी डलर आवश्यक पर्ने आंकलन गरिएको छ । सुरक्षित पुनः निर्माणका लागि प्राधिकरणको क्षमता अभिबृद्धि परियोजना अन्र्तगत चल्ने यो कार्यक्रममा यस वर्ष युनडीपीले पाँच लाख अमेरिकी डलर सहयोग गर्ने जनाएको छ । समझदारी अनुसार प्राधिकरणले नेतृत्व गर्दै आएको पुननिर्माणलाई तीव्रता दिन मानव जनशक्ति व्यवस्थापन संयन्त्र स्थापना हुनेछ जसले आवश्यक विज्ञ तथा अन्य जनशक्ति पहिचान तथा नियुक्त गर्न प्राधिकरणलाई सहयोग जनाइएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले पुनर्निर्माणमा जनशक्तिको अभाव मुख्य चुनौती बनिरहेका बेला युएनडिपीको उक्त सहयोगले पुनर्निर्माणको गतिलाई तिव्रता दिन सहयोग पुग्ने बताए । उनले विभिन्न बिकास साझेदार संस्थाहरु समन्वय र सहकार्य गरेर पुनर्निर्माणलाई अझै प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप