पुच्छ्रे तारा पृथ्वीबाट नजिक देखिँदै
सोमबार, २२ जेठ २०७४, १८ : ३५
काठमाडौँ, २२ जेठ । पुच्छ्रे तारा (धूम्रकेतु सी/२०१५ भी २) आज पृथ्वीबाट सबैभन्दा नजिक देखिने भएको छ ।
बेलुकी ६ः३० बजेदेखि यसलाई नेपालबाट हेर्न सकिनेछ । सो धूम्रकेतुको पृथ्वीसँग पहिलो र अन्तिम साक्षात्कार हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।
खगोलविद् जेस जोन्सनले सन् २०१५ नोभेम्बर ३ मा आकाशीय ग्रह निरीक्षण (कटेलिना स्काइ सर्वे) अन्तर्गत पहिलो पटक सो धूम्रकेतु पत्ता लगाएको थियो । सो धूम्रकेतु हाइपरबोलिक भएकाले फेरि पृथ्वी नजिक आउने छैन । पृथ्वीको सबैभन्दा नजिक रहँदा आज १२ करोड १३ लाख ३९ हजार ७८६ किमीको दूरीमा देखिने सोसाइटीले जनाएको छ ।
खगोलीय दुर्लभ यो घटनालाई नजिकबाट नियाल्न चाहनेका लागि सोसाइटीले बेलुकी ६ः३० बजेदेखि ९ बजेसम्म अङ्कुर विद्याश्रम विजयचोक, गौशालामा देखाउने व्यवस्था मिलाएको छ ।
सो अवसरमा पृथ्वीको चन्द्रमा तथा बृहस्पति ग्रह र यसका चार चन्द्रमाको पनि अवलोकन गराइने अध्यक्ष भट्टराईले बताए । अवलोकनमा सहभागी हुनेलाई खगोल, खगोल भौतिक विज्ञान र अन्तरीक्ष विज्ञानसम्बन्धी जिज्ञासा पनि विज्ञसमक्ष राख्न सक्ने व्यवस्था मिलाइने छ । सोसाइटीले १० वर्षअघिदेखि खगोलीय घटना सम्बन्धमा इच्छुकलाई निःशुल्क देखाउँदै आएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण