शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नेपाली उद्योगमा नयाँं फड्को : ‘थर्मोकलको रिसाइकल हुने’

सोमबार, २२ जेठ २०७४, १९ : ०३
सोमबार, २२ जेठ २०७४
काठमाडौं, जेठ २२ – देशैभरि ठूलो समस्याको रुपमा रहेको थर्माेकोल (फ्रिज, टिभी आदि खरिद गर्दा प्याकेजिंगको रुपमा आउने सेतो पोलिस्टारिन) लाई पुन प्रयोग गरी निर्माण सामाग्री उत्पादनमा कच्चा पदार्थको रुपमा प्रयोग गरिने भएको छ । नेपालमै पहिलो पटक उत्पादित गोर्खा इको प्यानलले आफनो मुख्य कच्चा पदार्थ थर्माेकोल पुन प्रयोग गर्न मिल्ने मेशिन डिजाइन गर्न सफल भएको छ । विश्व वातावरण दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा व्यवसायीहरुले नेपालमै ठूलो समस्याको रुपमा रहँंदै आएको थर्माेकोललाई पुन प्रयोग गरी आफूहरुले इको प्यानल उत्पादनमा प्रयोग गर्ने जानकारी दिए । गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त दुवालले नकुहिने फोहोरको रुपमा रहेर सरकारकै टाउको दुखाईको रुपमा रहेको थर्माेकोलबाट आफूहरुले आगामी दिनमा इको प्यानल उत्पादनमा प्रयोग गर्न लागेको जानकारी दिए । ‘नकुहिने यो फोहोर सरकारलाई डम्पिङ गर्न ठूलो समस्या छ, सीईओ दुवालले भने, ‘जलाउँंदा पनि यसले प्रदूषण नै गरेको हुन्छ । यसहिसावले यो सरकारकै टाउको दुखाइको विषय हो ।’ यसले डम्पिंग साइटमा धेरै ठाउँंसमेत ओगटेको हुन्छ । यो चराचुरुगी र माछाले खाँंदा उनीहरुको स्वास्थमा प्रतिकुल असर पर्दछ । उनले गोर्खा इको प्यानलले आफनो उत्पादनमा प्रयोग गर्ने थर्मोकोल विदेशबाट आयात गर्दै आएको बताए । उनले थर्मोेकोललाई आफूहरुले रिसाइकल गरी गोर्खा इको प्यानल उत्पादन गर्दा पाँंच प्रतिशतसम्म मिसाए पनि हुने अनुसन्धानबाट देखाएको कुरा जानकारी दिए । भविष्यमा विभिन्न महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाहरुसँग समन्वय गरी थर्माेकोल रिसाइकल गरी पुन प्रयोग गर्न समन्वय गर्ने योजना रहेको उनले सुनाए । कसैले थर्माेकोल संकलन गरी राखे त्यस्ता व्यक्ति वा संस्थाबाट खरिद गर्ने योजना रहेको सीईओ दुवालले जनाए । इको प्यालन इटाको सटामा रहेको गर्न सकिने निर्माण सामाग्री हो । इटाभन्दा हलुका, भूकम्प प्रतिरोधी लगायका कारण यो पछिल्लो वर्ष लोकप्रिय निर्माण सामाग्रीको रुपमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप