शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

एन्फा महिला लिग च्याम्पियनसीप प्रतियोगितामा काठमाण्डौ महिला टिमको विजयी शुरुवात (फोटो सहित)

सोमबार, २२ जेठ २०७४, १९ : १३
सोमबार, २२ जेठ २०७४
काठमाडौं, जेठ २२ – अखिल नेपाल फुटबल संघको आयोजनामा एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता ०७४ अन्तर्गत क्वाटरफाईनल तर्फको पाल्पामा आज भएको पहिलो खेलमा काठमाण्डौ महिला फुटबल टिमले झापा महिला फुटबल टिमलाई २–० गोलले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ । काठमाण्डौका लागि मुना तामाङ्गले ५६ र प्रिति राईले ६६ औं मिनेटमा गोल गरेका थिए । दोश्रो खेलमा ताप्लेजुङ्ग महिला फुटबल टिमले कैलाली महिला फुटबल टिमलाई १–० गोलले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ । ताप्लेजुङ्गका लागि अनुष्का शेर्पाले ४८ औं मिनेटमा निर्णायक गोल गरेकी थिईन् । त्यस्तै, आजै भएको स्याङ्गजा तर्फको पहिलो खेलमा रौतहट महिला फुटबल टिमले सर्लाही महिला फुटबल टिमलाई २–० गोलले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ । रौतहटका लागि रश्मि कुमारी घिसिङ्गले ५५ र ६५ औं मिनेटमा गोल गरेकी थिईन् । तेश्रोे खेलमा मोरङ्ग महिला फुटबल टिमले नवलपरासी महिला फुटबल टिमलाई ४–१ गोलले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ । मोरङ्गका लागि सरु लिम्बूले १५, १८, २६ र ७२ औं मिनेटमा गोल गरेकी थिईन् भने नवलपरासीका लागि हिना रानाले ४५ औं मिनेटमा गोल गरेकी थिईन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप