अब व्यवसाय क्षेत्रको विशेष नियमित अनुगमन हुने
सोमबार, २२ जेठ २०७४, १९ : १८
काठमाडौँ, जेठ २२ – आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले व्यावसायिक क्षेत्रमा मङ्गलबारदेखि एक हप्ता नियमित रुपमा विशेष अनुगमन गर्ने भएको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक कुमारप्रसाद दाहालले विभिन्न समूह बनाएर बिहान ६ बजेदेखि अपराह्न ३ बजेसम्म अनुगमन गरिने जानकारी दिए । विभागले यही जेठ २३ देखि २९ गतेसम्म एक दिनमा छ टोली बनाएर फरक फरक स्थानमा अनुगमन गर्नेछ ।
अनुगमन टोलीमा सम्बन्धित क्षेत्रका एक, आपूर्ति व्यवस्थापन विभागका एक, सञ्चारकर्मी एक, उपभोक्तावादी सङ्घसंस्थाका प्रतिनिधि एक तथा प्रहरी र सम्बन्धित वडाका जनप्रतिनिधि रहने बताइएको छ । हालका लागि काठमाडौँ उपत्यकामा दुग्ध तथा खानेपानी, माछा– मासु– बधशाला तथा पसल, औषधालय तथा स्वास्थ्य क्लिनिक, होटल, पेट्रोलियम पदार्थ ग्यास तथा निर्माण सामग्री र यातायातजस्ता क्षेत्रको अनुगमन गरिने छ ।
अनुगमनका क्रममा धेरै बिग्रेका र सडेका सामग्री बिक्री वितरण गर्ने तथा उपभोक्तालाई मार पर्ने गरी कालोबजारी गरिएका स्थानमा उपभोक्तालाई नजान आग्रह गरिने र राम्रोसँग व्यवसाय सञ्चालन गर्ने व्यक्ति वा स्थानमा गएर सामग्री खरिद गर्न उपभोक्तालाई आग्रह गरिने निर्देशक दाहालको भनाइ छ ।
सामान खरिद गरिरहँदा बिग्रे–सडेको, ठगेको जानकारी भएमा तत्काल विभागको १६६००१३३०४४ टोल फ्री नंमा फोन गर्न दाहालले उपभोक्तालाई आग्रह गरे । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण