शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पारदर्शी रुपमा करको दायरा निर्धारण हुन्छः प्रमुख जिसी

सोमबार, २२ जेठ २०७४, १९ : ५६
सोमबार, २२ जेठ २०७४
पोखरा, जेठ २२ – पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरपालिकाले पारदर्शी रुपमा करको दायरा निर्धारण गर्ने बताएको छ । पाँच स्थानीय तहका नवनिर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष र वडाध्यक्षको सम्मानमा पोखरा उद्योग वाणिज्य सङ्घद्वारा यहाँ आज आयोजित कार्यक्रममा उनले भने – ‘महानगरवासीबाट जथाभावी कर असुलेर पैसा थुपार्ने कार्यलाई अब अन्त्य गरिने छ ।’ प्रमुख जिसीले स्थानीय निकाय परिचालनका लागि चाहिने नीति नियम निर्माण भइनसकेकाले अहिलेकै स्रोत र साधन परिचालन गरी समृद्ध महानगरपालिका बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्दै सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखेले एकीकृत सम्पत्ति करको विषयमा सुरुको सहमतिअनुसार काम हुन नसकेकोमा असन्तुष्टि व्यक्त गरे । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप