निर्वाचन आयोगले कुटनीतिक नियोगका सदस्यलाई देशको आठ शहरमा भ्रमण गराउने
सोमबार, २२ जेठ २०७४, २० : ०७
काठमाडौँ, जेठ २२ – निर्वाचन आयोगले दोश्रो चरण अन्तर्गत आगामी असार १४ गते हुने स्थानीय तह निर्वाचनका दिन नेपालस्थित विदेशी कुटनीतिक नियोगका सदस्यलाई मुलुकका आठ सहरमा अवलोकन भ्रमण गराउने भएको छ ।
कुटनीतिक नियोगका सदस्यलाई प्रत्येक सहरका १२ देखि १५ मतदानस्थलमा अवलोकन भ्रमण गराउने व्यवस्था मिलाएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
कुटनीतिक नियोगका प्रमुख एवम प्रतिनिधिलाई प्रदेश नम्वर १ मा विराटनगर र धनकुटा, प्रदेश नम्बर २ मा जनकपुर र बर्दिबास, प्रदेश नम्बर ५ मा भैरहवा र पाल्पा तथा प्रदेश नम्बर ७ मा धनगढी र डडेलधुरामा अवलोकन भ्रमण गराउने व्यवस्था मिलाइने उनले जानकारी दिए ।
सो दिन अवलोकन गर्न चाहने कुटनीतिक नियोगका सदस्यका लागि आवश्यक सवारी साधनको व्यवस्था सम्बन्धित जिल्ला निर्वाचन कार्यालयबाट तथा अवलोकन गराउने मतदानस्थलको सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारीले टुङगो लगाउने छन् ।
आयोगले वैशाख ३१ मा सम्पन्न भएको पहिलो चरणको स्थानीय तह निर्वाचनमा नेपालमा रहेका १२ वटा कुटनीतिक नियोगका सदस्यलाई काठमाडौं उपत्यकामा मात्रै अध्ययन भ्रमणका लागि अनुमति दिएको थियो ।
सो क्रममा नेपालस्थित अस्ट्रेलिया, थाइल्यान्ड, फिनल्यान्ड, म्यानमार, पाकिस्तान, जापान, फ्रान्स, इजरायल, कोरिया, चीन, बङ्गलादेश र भारतीय राजदूतावासका प्रमुख एव्म प्रतिनिधिलाई निर्वाचनको अध्ययन भ्रमण गर्ने व्यवस्था मिलाएको थियो ।
पहिलो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन मुलुकका तीन प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा भएको थियो । उक्त निर्वाचनमा ७४ प्रतिशत मतदाता सहभागी भएका थिए ।
दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन प्रदेश नम्बर १, २, ५ र ७ का ४३ जिल्लाका ४६१ स्थानीय तहमा आगामी असार १४ गते बुधवार विहान ७ देखि अपरान्ह ५ बजेसम्म हुने छ । उक्त निर्वाचनका लागि ९० लाख ९७ हजार ५५७ मतदाता रहेका छन । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण