शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

आइमाम कार्यक्रमले बालबालिका स्वस्थ हुँदै

मङ्गलबार, २३ जेठ २०७४, ०८ : २६
मङ्गलबार, २३ जेठ २०७४
बैतडी, २३ जेठ - बैतडीमा कुपोषित बालबालिका स्वस्थ हुँदै गएका छन् । जिल्लामा शीघ्र कडा कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम (आइमाम) सञ्चालनमा आएपछि कुपोषित बालबालिका स्वस्थ हुँदै गएका हुन् । गतबर्ष भदौदेखि सञ्चालनमा आएको कार्यक्रमले जिल्लामा १७ हजार १७९ बालबालिकाको पोषणको स्थितिको बारेमा जानकारी लिएको थियो । जाँच गरिएका बालबालिकामध्ये ९०२ बालबालिकामा कडा कुपोषण देखिएको शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमका जिल्ला संयोजक प्रदीप पराजुलीले बताए । एक हजार ७२७ जनामा मध्यमखालको कुपोषण देखिएको, ९०२ बालबालिकामा कडा कुपोषण देखिएको र समुदायमा महिला स्वास्थ्य स्वयम्सेविकामार्फत पत्ता लागेका ३०३ बालबालिका गरी एक हजार २०४ जनाको उपचार गरिएको पराजुलीले जानकारी दिए। एक हजार २०४ जनामध्ये २० जना भने बीचमै उपचार छोडेका छन् । उपचार गरेका भने अहिले पूर्णरुपमा स्वस्थ रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पोषण सम्पर्क व्यक्ति सन्तोष पाण्डेयले जानकारी दिए । जिल्लामा अहिले १६ ठाउँमा कुपोषित बालबालिकाको उपचार हुने गरेको छ । जिल्ला अस्पताल बैतडी, देहीमाण्डौँ, ग्वाल्लेक, श्रीकोट, गोकुलेश्वर, डिलाशैनी, पाटन, सलेना, मेलौलीमा कडा कुपोषित बालबालिकाको उपचार हुने गरेको छ । यसैगरी, शर्माली, सिद्धेश्वर, शङ्करपुर, हाट, थालाकाँडा, सिगास र शिवलिङ्ग स्वास्थ्यचौकीमा कुपोषित बालबालिकाको निःशुल्क उपचार हुने गरेको छ । समुदायमा कुपोषित बालबालिका धेरै रहेका भएपनि अझै उपचारमा आउन नसकेको बताइएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप