शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मोटरसाइकल चालकको मृत्यु

मङ्गलबार, २३ जेठ २०७४, ०८ : ४८
मङ्गलबार, २३ जेठ २०७४
मोरङ, २३ जेठ । मोरङको विराटनगर–३ स्थित कोसी राजमार्गमा सोमबार राति भारतीय लहरीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको एन एल ओ १ एल ६०६३ नम्बरको भारतीय लहरीले विपरीत दिशाबाट आउँदै गरेको को २८ प ६४८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसका चालक विराटनगर–३ बस्ने २६ वर्षीय उत्सव पोख्रेलको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने लहरीलाई नियन्त्रणमा लिएपनि त्यसका चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक मदन गिरीले जानकारी दिनुभयो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप