निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न आग्रह
मङ्गलबार, २३ जेठ २०७४, ०८ : ५२
इनरुवा, २३ जेठ - चुनावी प्रचारप्रसारका लागि निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न बालबालिका र बाल अधिकारकर्मीले दलहरुलाई आग्रह गरेका छन् ।
चुनावी प्रचारप्रसारका लागि सुनसरीका केही दलहरुले बालबालिकाको प्रयोग गरेको भन्दै निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेका हुन् ।
जिल्लाका सरोकारवालाले निर्वाचनमा बालबालिकाको प्रयोग गर्न नहुनेमा समेत जोड दिएका छन् । सरोकारवालाले निर्वाचनमा बालबालिकाको प्रयोग निर्वाचन आचारसंहिता विपरीत हुने र बालअधिकारको हननसमेत हुने भएकाले बालबालिकाको प्रयोग चुनावमा गर्न नहुनेमा जोड दिएका हुन् ।
सोमबार भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, प्रहरी उपरीक्षक पोषराज पोखरेल, जिल्ला शिक्षा अधिकारी खगेन्द्रप्रसाद सुवेदी, बालकल्याण समितिका अध्यक्ष जगदीश वली, मानव अधिकार सञ्जालका रमेश भट्टराई र अन्य सरोकारवालाको सहभागिता थियो ।
बालबालिकालाई राजनीतिबाट अलग राख्नुपर्ने र बालअधिकारको संरक्षण गर्नुपर्नेमा समेत जोड दिएको सञ्जालका भटृरार्ईले बताए ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण