शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

उदयपुरमा दलितलाई नसमेटिएको गुनासो

मङ्गलबार, २३ जेठ २०७४, ०९ : ०२
मङ्गलबार, २३ जेठ २०७४
उदयपुर, २३ जेठ - आगामी दोस्रो चरणको स्थानीय तहको चुनावमा विभिन्न उम्मेदवारीमा दलितलाई उचित स्थान दिएर समेट्न नसकेको उदयपुरका दलितको गुनासो छ । जिल्लाका आठवटा स्थानीय निकायमा चार गाउँपालिका र चार नगरपालिकामध्ये दलितलाई वडाको केही सदस्यमा मात्र सीमित गरिएको समेत नेकपा एमाले निकट शिक्षक सङ्गठनका गिरीराज परियारको गुनासो छ । नेकपा एमाले र नेपाली काँग्रेसमा गरेर जिल्लामा वडा सदस्यबाहेक अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षमा समेत जिल्लाका राजनीतिक दलले दलितका लागि उचित स्थान व्यवस्थापन नगरेको काहुराष्ट्र उदयपुरका संयोजक दिलीप रसाइलीले बताए । यता नेकपा माओवादी केन्द्र उदयपुरले भने उदयपुरको ताप्ली गाउँपालिकामा यसपटकको निर्वाचनमा पहिलोचोटी एक दलित युवा ढुगराज विकलाई अध्यक्षको पदमा सिफारिस गरेको कुरा माओवादी केन्द्र उदयपुरले बताएको छ । यस्तै, काहुराष्ट्र उदयपुरकै सचिव सुमन परियारका अनुसार पनि जिल्लामा ठूला राजनीतिक दलहरुले स्थानीय तहजस्तो जनप्रतिनिधि छनोट गर्ने चुनावमा पनि दलितलाई नगर र गाउँपालिकाका केही वडाका सदस्यमा पद दिएर झाराटार्ने काम गरेको गुनासो गरेका छन् । गाउँपालिकाको प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षमा समेत दलितको सहभागिता हुनुपर्ने र वडाध्यक्षमा त झनै सहभागिता गराउनु पर्ने तर जिल्लाका आठवटा स्थानीय तहको ७५ वटा वडामा दलित वडाध्यक्षमा समेत नपरेको दलित राष्ट्रिय मुक्तिमोर्चाका सदस्य भीम विकले बताए । यस्तो समावेशीताले दलितको उत्थान हुन नसक्ने समेत जिल्लाका दलित अधिकारकर्मी पाण्डु परियारले समेत गुनासो गरे। एक दुई दलितबाहेक अझै पनि गाउँमा दलितको उम्मेदवार नै पाउन मुस्किल पर्ने गरेका कारण पनि स्थानीय तहका मुख्य पदमा समावेश गर्न समस्या रहेको समेत राजनीतिक दलका नेताको धारणा छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप