चट्याङ लागेर चारजना घाइते
मङ्गलबार, २३ जेठ २०७४, ०९ : ०४
भीमदत्तनगर, २३ जेठ - कञ्चनपुरको बेदकोट नगरपालिकामा सोमबार चट्याङ लागेर चारजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चट्याङ लागेर बेदकोट नगरपालिका–३ का २४ वर्षीय राजेन्द्र सार्की र २६ वर्षीय तुलसी सार्की घाइते भएका छन् ।
त्यसैगरी, बेदकोट नगरपालिका–५ की ३५ वर्षीया मानमती विष्ट र बेदकोट–७ का ४० वर्षीय मानबहादुर खुना समेत चट्याङ लागेर घाइते भएको प्रहरी जनाएको छ ।
घाइतेमध्ये राजेन्द्र सार्कीको सेती अञ्चल अस्पताल, धनगढी र अन्यको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
चट्याङकै कारण बेदकोट नगरपालिका–८ का रामसिंह ठगुन्नाको कुखुरा फार्ममा चट्याङ पर्दा करिब ९०० कुखुरा मरेको प्रहरीले जनाएको छ ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण