लण्डन हमलाका दुई आतंकवादीको नाम सार्वजनिक
एजेन्सी
लण्डन, जेठ २३ – शनिबार राती लण्डनमा आतंकवादी आक्रमण गर्ने तीन जनामध्ये दुई जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएकामध्ये २७ वर्षीय खुरमान बट बार्किङका निवासी थिए । उनीबारे प्रहरी र एमआई फाइभलाई जानकारी भए पनि आक्रमणबारे कुनै सूचना नभएको बताइएको छ ।
त्यस्तै दोस्रो आक्रमणकारी पनि बार्किङकै ३० वर्षीय राचिद रेडाउने रहेका छन् । उनले आफू मोरोक्कन–लिबियन रहेको बताउँदै आएका थिए ।
दुवै जनाको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । घटनापछि प्रहरीले १२ जनालाई पक्राउ गरे पनि उनीहरुलाई रिहा गरिएको छ ।
शनिबार ७ जनाको मृत्यु तथा ४८ घाइते हुने गरी भएको घटनापछि ७ महिना र ५ पुरुषलाई बार्किङमा आइतबार पक्राउ गरिएको थियो ।
आक्रमणकारीले भाडामा भ्यान लिएर लण्डनको पुलमा पैदलयात्रुहरुमाथि कुदाउँदै अन्यमाथि चक्कु प्रहार गरेका थिए ।
बेलायतको नेसनल हेल्थ सर्भिसका अनुसार घाइतेमध्ये ३६ जना अस्पतालमा रहेका छन् जसमध्ये १८ को हालत नाजुक रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण