शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

स्थानीय तह निर्वाचनको तयारी पूरा

मङ्गलबार, २३ जेठ २०७४, ०९ : ३३
मङ्गलबार, २३ जेठ २०७४
भोजपुर, २३ जेठ - दोस्रो चरणअन्तर्गत असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनको भोजपुरमा सबै तयारी पूरा भएको बताइएको छ । निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सुरक्षा व्यवस्था, स्वयम्सेवक परिचालन, मतदाता शिक्षा कार्यक्रम सञ्चालन, निर्वाचन अधिकृतको कार्यालय स्थापनालगायतका सबै तयारी पूरा भएको जिल्ला निर्वाचन अधिकारी केवलप्रसाद रेग्मीले जानकारी दिए । मतपत्र, मतपेटिका प्रचारप्रसारलगायतका सामग्री जिल्ला आइसकेकाले त्यसको कामसमेत तीव्ररुपमा भइरहेको उनले बताए। निर्वाचन अधिकारी रेग्मीका अनुसार वर्षात् सुरु भएकाले मतदान केन्द्रसम्म निर्वाचन सामग्री पठाउन केही समस्या रहेको छ । स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय भोजपुरमा १३ दल दर्ता भएको कार्यालयले जनाएको छ । दुई नगरपालिका र सात गाउँपालिका रहेको भोजपुरमा एक लाख पाँच हजार ५५४ मतदाताले मताधिकार प्रयोग गर्नेछन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप