राजपा नेपाल पनि चुनावमा सहभागि हुने, आज सहमतिपत्रमा हस्ताक्षर हुँदै
काठमाडौँ, जेठ २३– आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपाल पनि प्रधानमन्त्री चुनावमा सहभागि हुने भएको छ ।
त्यसका लागि आज मध्यान्ह व्यवस्थापिका संसद भवन बानेश्वरमा नेपाली काँग्रेससँग सहमतिपत्रमा हस्ताक्षर हुँदैछ ।
प्रधानमन्त्रीका लागि आज हुने चुनावमा राजपा नेपालले भाग लिने त्यसअघि नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर हुने स्रोतले जनाएको छ ।
देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने मनस्थिति बनाएका राजपा नेपालले नेपाली काँग्रेससँग लिखित प्रतिबद्धता चाहेका कारण आफ्नो निर्णय सार्वजनिक गरेको थिएन ।
पुरानै गठबन्धनबाट प्रधानमन्त्रीका उम्मेदवार देउवालाई यसअघि नै उपेन्द्र यादव नेतृत्वका संघीय समाजवादी फोरम र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले समर्थन जनाई सकेको छ ।
त्यसमध्ये फोरम नेपाल सरकारमा सहभागि हुँदैन भने लोकतान्त्रिक फोरम सरकारमा सहभागि हुने भएको छ । त्यस्तै राजपा नेपाल पनि देउवालाई बाहिरबाट नै समर्थन गर्ने सरकारमा नजाने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण