शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

आँखाको चोट बल्झिएर क्यान्सर : उपचारको लागि सहयोगको अपिल

मङ्गलबार, २३ जेठ २०७४, ०९ : ४१
मङ्गलबार, २३ जेठ २०७४
-बिस्नुप्रसाद न्यौपाने जेठ २३, कालिकोट - कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं. ७ पुच्छेगाउँकी ४ बर्षिया मन्सरा लुवार अहिले छोरी भएर जन्मिनुको उपहास भोगिरहेकी छन् । २०७० साल बैशाख १० गते बुवा रने लुवार, आमा रन्जना लुवारको कोखबाट कान्छी छोरीको रुपमा जन्मिएकी मन्सरा आफ्नो आखाँमा लागेको चोटको समयमै उपचार नपाउँदा अहिले जिवन मरणको स्थितिमा छिन् । छ महिना पहिले मन्सराको दाँया आँखामा लागेको चोटको घाउ बल्झिएर अहिले क्यान्सरमा परिणत भएको छ । अहिले उनको अन्तिम विकल्प भनेको आँखा काटेर फाल्नु मात्र रहेको जिल्ला आखाँ उपचार केन्द्र कालिकोटका इन्चार्ज डबल अधिकारीले बताए । रातोपाटी संवाददाताका अनुसार: -पाँच महिना पहिले मन्सरालाई जिल्ला आँखा उपचार केन्द्रमा ल्याउँदा नै उनको आखाँ जटिल भैसकेको थियो । -आखाँ उपचार केन्द्र कालिकोटका इन्चार्ज अधिकारीले भने, 'पछि समस्या हुन सक्छ । पोखरामा उपचारको लागि रिफर गरिदिन्छु ' -आर्थिक अभावको कारण शहरमा उपचार गर्न नसकिने परिवारले बतायो र सामान्य औषधी लिएरघर फर्किए । -विरामी छोरीको स्वास्थ्य अवस्था अन्तिम स्थितिमा पुगेको छ । -उपचार सहयोगका लागि उनका बुबा हारगुहार गर्दै छन् । सदरमुकाम मान्ममा पुगेर सहयोगको निम्ति सबैलाई अपिल समेत गरेका छन् । जिल्लामा रहेका विभिन्न सरोकारवाला लगायत नागरिक समाजका अगुवाहरुले बालिकाको थप उपचारको लागि सहयोग जुटाउन सानिमा बैंक शाखा कालिकोटमा छोरीको नाममा ०४४००००००१०० को खाता खोलिएको र सहयोग गरिदिन सबैमा आग्रह गरेका छन् । सहयोग तथा जानकारीको लागि ९८४८३०७१७३ मा सम्पर्क गर्न पनि सबैलाई आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप