हाकुका ६० गुठी पीडित किसानले पाए लालपुर्जा
रसुवा, जेठ २३ – पुस्तौंदेखि जोतभोग गर्दै आएको जमिनको स्वामित्वबाट वञ्चित भएका हाकुबासी गुठी पीडितले लालपुर्जा पाएका छन् ।
साविकको हाकु गाविस वडा नं. २,३,४,५,६ र ७ गरी ७ वटा वडाहरू हालको पार्वतीकुण्ड गाउँपालिका वडा नं. १ र २ मा बसोबास गर्ने किसानहरूसँग पुस्तौंदेखि जग्गाधनी पुर्जा थिएन ।
आफूसँग जग्गा जमिनको स्वामित्व नहुँदा सुकुमबासी सरह थिए । उनीहरूले आफैंले पुस्तौदेखि जोतखन र स्याहार संरक्षण गरेको जमिनको स्वामित्व भने काठमाडौंस्थित स्यम्भु घ्याङ् गुठीको नाममा दर्ता हुन पुगेको थियो । हाकुबासी लामो समयदेखि भूमि अधिकार अभियानमा सङ्गठित भई आफ्नो जग्गाको अधिकार लिनको लागि सङ्घर्षरत थिए ।
‘पुस्तौदेखिको समस्या समाधान भई लालपुर्जा यसरी आफनो हातमा पर्ला भन्ने सोचेको थिइँन,’ हातमा पुर्जा लिदै साविकको हाकु गाविस ४ का बृद्ध उरलामाले भने, ‘म आज निकै खुशी छु । अब अरुले पनि पाए हुने ।’
जिल्लाको धुन्चेमा आयोजना भएको एक कार्यक्रमबीच हाकुका गुठी पीडित किसानलाई मोही पुर्जा वितरण गरिएको हो ।
यसअघि किसानहरूसँग कुनै प्रमाणहरू थिएन । उनीहरूसँग केही प्रमाण नभएको कारण त्यसको हकभोगको समेत अधिकार खोसीने होकी भन्ने डरत्रासमा बस्दै आएका थिए । लालपुर्जा पाएसँगै उनीहरू खुसी भएका छन् ।
धुन्चेमा जिल्ला भूमि अधिकार मञ्च, रसुवा र असाहाय बालबालिका विकास केन्द्रको संयुक्त आयोजनामा भएको कार्यक्रममा हाकुबासीलाई लालपुर्जा वितरण तथा आर्थिक सहयोग वितरण गरिएको हो ।
कार्यक्रममा ६० परिवार किसानलाई पहिलो चरणमा मोही लागेको रातो लालपुर्जा वितरण गरिएको हो । यस्तै, हाकुमा स्थापना भएको असाहाय बालबालिका विकास केन्द्रले प्रति परिवार ७ हजार रुपियाँ आर्थिक सहयोग पनि वितरण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण