शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कपिलबस्तुमा बढ्यो चुनावी सरगर्मी, किसानलाई भने चिन्ता

मङ्गलबार, २३ जेठ २०७४, ११ : ०१
मङ्गलबार, २३ जेठ २०७४

चुरामणि अर्याल

कपिलवस्तु, जेठ २३– दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै जिल्लामा राजनैतिक दलको चहल पहल बढ्दै गएको छ । चोकचोक पार्टीका पर्चा,पम्पलेट र झण्डाहरुले रङ्गिन थालेका छन् । नेकपा एमाले जिल्लामा सम्रगमा उम्मेद्धारको टुङ्गो लगाएर प्रचार—प्रसारमा जुटेको छ भने नेपाली काङ्गे्रसले केहि स्थानमा उम्मेद्धारको टुङ्गो लगाउन बाँकी छ । यद्यपी सबै दल चुनावी अभियानमा होमिइसकेका छन् ।

उता देशकै अन्न उब्जनीको भण्डारका रुपमा रहेको जिल्लाका किसान भने चुनावको मिति पटक पटक सरे संगै चिन्तित बनेका छन् । मानो रोपेर मुरी फलाउने बेलामा आफ्नो मतदान गर्ने अधिकारको संरक्षण गर्दै चुनावमा भोट दिन जाने या बर्षभरि हात मुख जोड्ने अन्न उत्पादनमा जुट्ने भन्ने बिषयले किसानलाई यति बेला पिरोलेको छ । वाणगंगा नगरपालिका वार्ड नम्बर ९ निवासि साबित्रा ओलिले भनिन्, ‘असार १४ भनेको खेत रोप्न माचोमाच हुने समय हो ।यो समयमा भोट हाल्न जाने की खेत रोप्न जाने ।’ पटक पटक चुनाब सर्दा आर्थिक भारले पिरोलिएका राजनैतिक दलका उम्मेद्धारहरुले भने एक पटक बनाएको निर्वाचन सामाग्री बाँड्न नपाउंदै चुनाव सरेको सुचना आउँदा आफुहरु पिडित बनेको र फेरी पनि चुनाव सर्ने होकि भन्ने चिन्ताले सताएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप