शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

हावाहुरी र वर्षाले बर्दियामा सयौं घरमा क्षति

मङ्गलबार, २३ जेठ २०७४, ११ : ०४
मङ्गलबार, २३ जेठ २०७४

बर्दिया, जेठ २३– सोमवार बेलुका आएको हावाहुरी र पानीले बर्दियामा सयौ घरमा क्षति पुगेको छ भने बिद्युत सेवा पनि अवरुद्ध हुन पुगको छ।

हावाहुरीले बिद्युतको पोल र तारमाथि रुखहरु ढल्नाले पोल तथा तारमा क्षति पुगेपछि गएरातीदेखि बिद्युत सेवा अवरुद्ध हुन पुगेको हो।

हावाहुरीले कोहलपुर प्रसारण लाईन र ग्रामीण क्षेत्रमा पनि नोक्सान गरेको र दिनभरी मर्मत गरि सांझ सम्म वा मंगलबार दिउसोसम्म बिद्युत सेवा संचालनमा ल्याईने नेपाल बिधुत प्राधिकरण गुलरिया बितरण केन्द्रले जनाएको छ । पानी सहित आएको हावाहुरीले घरको छानो उडाउनुका साथै घरको भित्ता समेत भत्काएपछि यौं सर्वसधारणहरु विस्थापति भई अरुको घरमा आश्रय लिएर बसेका छन् भने घरमा संचित गरि राखेको खाद्यान्न भिजेर क्षति पुगेको छ । यसैबीच बर्दियामा चटयांग लागेर एकजनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन्। सोमवार राती ८ बजेर २० मिनेटमा चटयांग लागेर गेरुवा गांउपाललिका वडा नं ६ लाहुरपुर बस्ने बर्ष ६२की चनी दमाईको घटनास्थलमा मृत्यु भएको छ भने उनका छोरा बर्ष ३२ का शंकर दमाईको खुट्टमा चोट लागेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप