शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

१ केजी अवैध सुन सहित बौद्धगेटबाट तीनजना पक्राउ

मङ्गलबार, २३ जेठ २०७४, १२ : ०३
मङ्गलबार, २३ जेठ २०७४
जेठ २३, काठमाडौं– एक किलो अवैध सुनसहित काठमाडौंको बौद्ध गेटबाट तीनजना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलिले सोमबार साँझ बिरगञ्जका जगत नारायण सोरटार, बिरगञ्जकै मनोज अग्रवाल र दोलखाका राजु नेपालीलाई पक्राउ परेको हो । सार्वजनिक सडक खण्डमा अबैध सुन कारोबार भईरहेको सुचना आएपछि चेकजाँचका क्रममा उनीहरुलाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट १ किलो सुन र ४० लाख नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप