शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

यो हो शेरबहादुर देउवाको बायोडाटा

मङ्गलबार, २३ जेठ २०७४, १८ : ४५
मङ्गलबार, २३ जेठ २०७४

काठमाडौं, जेठ २३– शेरबहादुर देउवा मुलुकको ४० औ प्रधानमन्त्रीको रुपमा आज संसदबाट निर्वाचित भएका छन् ।

संसदको ठूलो दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा यसअघि तीनपटक प्रधानमन्त्री भैसकेका छन् । २०७२ फागुन २० देखि २४ मा भएको कांग्रेसको १३ औं महाधिवेशनबाट कांग्रेसको सभापतिमा निर्वाचित भएका देउवा प्रधानमन्त्रीमा झण्डै दुइ तिहाई सांसदको समर्थनमा प्रधानमन्त्रीमा निर्वाचित हुने तरखरमा छन् । उनलाई माओवादी, राप्रपा, मधस केन्द्रीतका साथै साना दलहरुको समर्थन छ ।

२००४ साल डडेलधुरामा जन्मिएका देउवाले विभिन्न समयमा राजनैतिक संघर्षका क्रममा नौ वर्ष जेलजिवन बिताइसकेका छन् । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेविसंघको प्रथम सभापति हुँदै २०४६ सालमा प्रजातन्त्र आएपछिका तीनवटै संसदीय निर्वाचन र दोश्रो जनआन्दोलन पछिका दुईवटै संविधानसभा चुनावमा लगातार विजयी हुदै आएका छन् ।

४५ वर्षको उमेरमा गृहमन्त्री बनेको ५ बर्ष नवित्दै उनी प्रधानमन्त्रीको कुर्सीमा आसीन हुन पुगेका थिए । २०४८ को आमनिर्वाचनपछि गृहमन्त्री बनेका उनले २०५२, २०५८ र २०६१ मा गरी तीनपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

यसअघि तीनपटक सम्म सरकार चलाएको अनुभव भएका देउवा सत्ताका माहिर खेलाडी समेत मानिन्छन् । यद्यपी उनले यसअघि सरकारको नेतृत्व गर्दा असफल प्रधानमन्त्रीको आरोप समेत लागेको छ । साशनसत्ता राजालाई बुझाएको आरोप समेत खेपेका देउवाले अव भने मुलुकलाई कसरी हाक्छन् त्यो भने हेर्न बाँकी छ ।

कहिले कहिले भए देउवा प्रधानमन्त्री ? १.पहिलो पटक –२०५२ भाद्र २७ देखि २०५३ फागुन २० (५७४ दिन ) १८ महिना २.दोस्रो पटक –२०५८ श्रावण ११ देखि २०५९ आश्विन १८ (४३५ दिन साढे १४ महिना ) ३. तेस्रो पटक –२०६१ जेठ २१ देखि २०६१ माघ १९ (२४३ दिन) (८ महिना )

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप