छाना हावाले उडाएपछि अध्ययन प्रभावित
मङ्गलबार, २३ जेठ २०७४, १३ : ००
सल्यान, २३ जेठ । गए राति आएको हावाहुरीले शिशु जागरण माविको छाना उडाएपछि अध्ययन अध्यापन प्रभावित भएको छ ।
वागचौर नगरपालिका–९ मा रहेको विद्यालय भवनको छाना उडाएपछि परेको अविरल वर्षाका कारण पढाइ प्रभावित भएको प्रअ केवलराम डाँगीले जानकारी दिए ।
हावाले विद्यालयको छानामा राखिएको दुई हजार चार सय वाटको सोलार प्यानल तथाविद्यालयमा रहेका अन्य विद्युतीय सामाग्रीमा समेत क्षति पुग्दा करिब रु पाँच लाखको नोक्सान पुगेको छ ।
गए रातिदेखि नै लगातार वर्षा भइरहेकाले पनि भवनबाट विद्युतीय सामग्री बाहिर निकाल्न कठिनाइ भएको उहाँको भनाइ छ । विद्यालय हावाले उडाएपछि कक्षा ९ र १० का विद्यार्थीलाई समस्या भएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण