शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मंसिरमा आउँछ मेलम्चीको पानी : शाही

मङ्गलबार, २३ जेठ २०७४, १३ : १७
मङ्गलबार, २३ जेठ २०७४
काठमाडौ, जेठ २३ –खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले मंसीर भित्र काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आउने विश्वास व्यक्त गरेका छन् । मन्त्री शाहीले मेलम्ची खानेपानी मंसीर भित्र आउँदैनकी भनेर निराश नहुन पनि सबैमा आग्रह गरे । मंगलबार आफूले गरेका कामबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मेलम्ची खानेपानी काठमाडौं उपत्यका भित्र दशैंअघि नै ल्याउने प्रयास भइरहेको पनि स्पष्ट पारे । मन्त्री शाहीले खानेपानी जनताको मौलिक अधिकार भएकाले त्यसलाई आपूर्ति नगरी सरकारले सुःखै नपाउने पनि स्पष्ट पारेका थिए । मन्त्री शाहीले कर्मचारी प्रशासन चुस्त नभएकै कारण मुलुकले प्रगति गर्र्न नसकेको अनुभूति भएको पनि उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप