शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पाँच हजार वर्ष पुरानो हत्या केसको पुलिसले अहिले गरिरहेछ अनुसन्धान

मङ्गलबार, २३ जेठ २०७४, १३ : २४
मङ्गलबार, २३ जेठ २०७४

बीबीसी

जेठ २३ – उत्तर इटलीको दूरदराज इलाकमा ५ हजार ३ सय वर्ष पहिले एक पुरुषको हत्या भएको थियो । अहिले पुलिसले उनको हत्याबारे अनुसन्धान थालनी गरेको छ ।

वास्तवमा ओएट्जटेलर आल्प्सको इलाकामा ओएटजी नामका यी हिममानव (आइसम्यान) को पिठ्युँमा कसैले तीर हानेका थिए जसका कारण उनको मृत्यु भएको थियो ।

[caption id="attachment_151444" align="alignleft" width="871"] डच कलाकारले ओएट्जीको यो तस्बिर बनाएका छन्[/caption]

उनको शव बरफमा वर्षौंसम्म गाडियो । यसप्रकारले ओएट्जी धर्तीको सबैभन्दा पुरानो र सबैभन्दा राम्रो तरिकाले संरक्षित गरिएको ममी बन्यो ।

ओएट्जी केसको अनुसन्धानः

सन् १९९१ मा पहिलो पटक उनको खोजी गरियो । वैज्ञानिकले त्यसको १० वर्षपछि उनको काँधमा लागेको तीरको अर्को हिस्साको खोजी गरेको छ । र अहिले पुलिसका सिनियर जासूसको एक समूहले ओएट्जीलाई कसरी मारियो भन्ने बारे अनुसन्धान गरिरहेका छन् ।

के ओएट्जीको हत्या गरिएको थियो ? कसले उनलाई मारेका थिए ?

[caption id="attachment_151445" align="alignleft" width="902"] अलेक्जेन्डर हर्न[/caption]

साउथ टायरोल म्यूजियम अफ आर्कियोलोजीमा ओएट्जीको शरिर देख्न पाइन्छ ।

म्यूजियमका निर्देशक एंगेलिका फ्लेकिंगरले ओएट्जीको मृत्युको रहस्य सुल्झाउनका लागि व्यवसायीक जानकारको मद्दत मागेकी छिन् ।

म्यूनिख पुलिस डिपार्टमेन्टका डिटेक्टिभ चीफ इन्स्पेक्टर अलेक्जेन्डर हर्न ओएटजी केसको जाँच गर्नेछन् ।

उनी भन्छन्, ‘मैले अहिलेसम्म २० वा ३० वर्ष पुरानो केस ह्यान्डल गरेको छु । तर यसपटक मैले ५ हजार ३ सय पुरानो केस सुल्झाउनका लागि भनिएको छ ।’

सुरुमा अलेक्जेन्डरले कुनै मद्दत गर्न नसक्ने सोचेका थिए ।

उनले भने, ‘शव खराब स्थितीमा भएको हुनसक्ने मैले अनुमान गरें । तर चाँडै नै मैले थाहा पाएँ कि शव निकै राम्रो स्थितीमा छ । सायद म भएठाउँ आउने केही शवभन्दा निकै राम्रा ।’

अलेक्जेन्डर मुद्दाको अनुसन्धानका लागि ओएट्जटेलर आल्प्सको क्राइम सीनमा पनि जानेछन् ।

पछिल्लो २५ वर्षमा ओएट्जी केसमा जतिपनि खोजबिन भएको छ त्यसले अलेक्जेन्डरलाई सहयोग गर्नेछ । ओएट्जीको घाउ र उनको पेटले पनि हत्याको केही सुराग दिनसक्छ ।

अलेक्जेन्डर भन्छन्, ‘यो हत्याकै मुद्दा भएको हुनसक्छ । ओएट्जी अचानक भएको यो हमलाका लागि तयार थिएनन् । यस्तो लाग्छ कि उनलाई अलि टाढाबाट हमला गरिएको हो । हमलाकर्ता सय फुटको दुरीमा हुनसक्छन् ।’

उनी थप्छन्, ‘मारिएको एकाध घण्टा पहिले उनी त्यहाँ सायद आराम गरिरहेका थिए । सायद उनले धेरै खाएका थिए । त्यसकारण उनी त्यहाँबाट चाँडै जाने मन गरिरहेका थिएनन् ।’

ओएट्जीको दाहिने हातको घाउ पनि एक महत्वपूर्ण सुराग हो । मृत्यु भएको एक वा दुई दिन पहिले उनलाई यो घाउ लागेको थियो । सायद उनको कसैसँग झगडा भएको थियो ।

अलेक्जेन्डरका मान्यता अनुसार उक्त घाउ झगडाको क्रममा आफ्नो बचाउको क्रममा लागेको थियो । यसबाट यो पनि थाहा हुन्छ कि ओएट्जीले उक्त लडाईं जितेका हुनसक्छन् ।

आमने सामनेको लडाईंको हारेपछि हमलाकर्ताले ओएट्जीको पिछा गरेका हुनसक्छन् र त्यसपछि हमला गरेका हुनसक्छन् ।

तर हत्याको उद्देश्य के हुनसक्छ भन्ने प्रश्न अझै उठ्न सक्छ ।

अलेक्जेन्डर भन्छन्, ‘हमलाकर्ताले आएट्जीको तामाको बञ्चरो र अन्य सामान लिएका छैनन् । त्यसकारण उक्त हमला कुनै फाइदाको लागि गरिएको जस्तो देखिन्नँ । यदि घृणा र रिसका कारण गरिएको हो भने यसबारे बताउन मुश्किल छ ।’

यद्यपी, म्यूजियमकी निर्देशक एंगेलिका फ्लेकिंगर ओएट्जीको केसको अनुसन्धानबाट निकै खुसी छिन् । उनका अनुसार मुद्दामा प्रगती भएको छ ।

तर अलेक्जेन्डर भने खुसी छैनन् । उनी केसलाई पूर्ण रुपमा सुल्झाउन सक्ने कुरामा विश्वस्त छैनन् ।

अनुहारमा थोरै मुस्कान ल्याउँदै उनले भने, ‘हत्यारा हत्या गरेर बचे । अनुसन्धानका लागि जिम्मेवार भएको नाताले यो मलाई मन परेन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप