यस्तो छ आजको संसद बैठकको कार्यसूचि
मङ्गलबार, २३ जेठ २०७४, १३ : ३७
काठमाडौं, जेठ २३– व्यवस्थापिका संसद सचिवालयले मंगलबारको लागि तय गरिएको संसद बैठकको कार्यसूचि सार्वजनिक गरेको छ ।
कार्यसूचिअनुसार कांग्रेस सभापति तथा शेरबहादुर देउवाले संविधानको धारा २९८ को उपधारा (३) एवम् व्यवस्थापिका संसद नियमावली, २०७३ को नियम ४९ को उपनियम (४) बमोजिम प्रधानमन्त्री पदमा आफ्नो उम्मेदवारीको सूचना प्रस्तुत गर्ने छन् र त्यसपछि उक्त उम्मेदवारीको सूचनाको प्रस्तावक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र समर्थक कांग्रेस सभापति रामचन्द्र पौडेलसहित ५ जनाले समर्थन गर्नेछन् भने सभामुख ओनसरी घर्तीले निर्णयार्थ प्रस्तुत प्रस्तुत गर्नेछिन् । सो अघि शीर्ष नेताहरुले संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसबाहेक प्रधानन्यायाधीश सुशीला कार्कीलाई लगाइएको महाभियोग प्रस्ताव सभामुखले फिर्ता लिने कार्यसूचि समेत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण