लिटिल एन्जेल्स स्कुलको पौडीपोखरीमा विद्यार्थीको रहस्यमय मृत्यु
काठमाडौं, जेठ २३– ललितपुरको हात्तीबनस्थित लिटिल एन्जेल्स स्कूलमा कक्षा ८ मा अध्ययनरत राहुल शाहको रहस्यमय मृत्यु भएको छ ।
विद्यालयको होस्टलमा बसेर अध्ययन गर्दै आएका शाह सोमबार साँझ मृत फेला परेको भन्दै होस्टल वार्डेनले परिवारलाई खबर गरेका थिए ।
तर राहुल शाहलाई स्कुल भित्रै हत्या स्विमिङ पुलमा फ्याकिएको मृतकका भिनाजु संजिव शाहले दाबी गरे । उनले भने, ‘स्कुलले ५ बजे घट्ना घटेको भनेको छ, तर हामिलाई होस्टल वार्डेनले साँढे ५ बजेमात्र खबर गरेका थिए ।’
अभिभावक विद्यालय पुग्दा विद्यालय प्रशासनले राहुललाई लतिलपुरको धापाखेल स्थित सुमेरु अपस्ताल लगिसकेको थियो । मृतकका भिनाजु संजिवका अनुसार राहुलको घाँटीमा कालो डाम देखिएको छ भने पेटमा पनि चोट लागेको छ ।
गएको वैशाखदेखि होस्टल बसेर अध्ययन गर्दै आएका धनुषाको यदुकुवा गाउँपालिका स्थायी घर भएका राहुलको शवलाई पोष्टमार्टमका लागी शिक्षण अस्पताल महाराजगञ्ज पठाईएको महानगरीय प्रहरी वृत सातदोबाटोका डिएसपी रामेश्वर यादवले जानकारी दिए । उनले भने, ‘सोमबार साँझ साँढे ५ बजेसम्म राहुलले स्विमिङ गरेको र दोस्रो टोली जाँदा मृत फेला परेको विद्यालयले जानकारी दिएको छ, घट्नाबारे हामी अनुसन्धान गरिरहेका छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण