शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

दुग्ध विकास संस्थानले दक्ष जनशक्ति निर्माण गर्ने

मङ्गलबार, २३ जेठ २०७४, १३ : ४६
मङ्गलबार, २३ जेठ २०७४
जेठ २३, काठमाडौं – दुग्ध विकास संस्थानले दक्ष जनशक्ति निर्माणको कामलाई तीव्रता दिने जनाएको छ ।संस्थानका महाप्रबन्धक गंगा तिम्सिनाले गुणस्तरीय दुध तथा दुधजन्य बस्तुहरुको उत्पादनका लागि दक्ष जनशक्ति आवश्यक्त पर्ने स्पष्ट पारेका हुन् । मंगलबारदेखि काठमाडौंमा सुरु भएको दुग्ध उद्योगमा कार्यरत संंघ संस्थाका प्रतिनिधिहरुको तालिमको शुभारम्भ गर्दै उनले गुणस्तरीय दुध तथा दुधजन्य बस्तुको निर्माणका लागि दिइने तालिमले दुध उद्योगको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास पनि व्यक्त गरे । महाप्रबन्धक तिम्सिनाले दुग्ध विकास संस्थान दुध कृषकहरुलाई आवश्यक मुनाफा दिन पनि उत्तिकै जिम्मेवार रहेको उल्लेख गरेका छन् । दुध कषकहरुले दुधको उत्पादन लागत बढेपनि सो अनुसारको मूल्य निर्धारण नगरेको गुनासो गर्दै आएका छन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप