शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

दुई करोड लिएर शाहरुखले गरे रिसाएको नाटक ! यस्तो छ भाइरल भिडियोको वास्तविकता

मङ्गलबार, २३ जेठ २०७४, १३ : ५४
मङ्गलबार, २३ जेठ २०७४

एजेन्सी

जेठ २३ – केही दिन अघि शाहरुख खानको एक भिडियो मिडियामा भाइरल भयो जसमा उनी इजिप्टका एक चर्चित हास्यकलाकार रमिज गलालमाथि अत्यधिक रिसाएको देखिएका थिए । भिडियो पोष्ट गर्दै शाहरुख रमिजको अरेबिक प्र्याङ्क कार्यक्रमपछि रिसाएका थिए भनिएको छ । तर वास्तविकता अर्कै निस्किएको छ । रिपोर्टका अनुसार यो सबै पहिले नै प्लान गरिएको थियो ।

एक रिपोर्ट अनुसार शाहरुखलाई यो कार्यक्रममा जानका लागि दुई करोड भारु दिइएको थियो ।

शाहरुखकी म्यानेजर पूजा ददलानीले पनि यो कुराको पुष्टि गरेकी छिन् । उनले शाहरुखलाई यसबारे पहिले नै सम्पूर्ण जानकारी भएको  र उनले रिसाएको नाटक मात्र गरिरहेको जानकारी दिइन् । यद्यपी, उनले यसका लागि पैसा लिए नलिएको भन्ने बारे भने जानकारी दिइनन् ।

दुबईको मरुभूमिमा भएको थियो सुटिङः

– रमिजको कार्यक्रमको यो एपिसोडको सुटिङ दुबइको मरुभूमिमा भएको थियो ।

– प्लानका अनुसार टेलिभिजन प्रस्तोता नेशानले उनको अन्तर्वार्ता लिनु थियो । त्यतिबेला उनी डेजर्ट सफारीको प्रयोग गर्दछन्  । तर सफारीमा नियन्त्रण गुमेका कारण मरुभूमिमा खस्छन् र दलदलमा फस्छन् ।

यतिबेला कोमोडो ड्र्यागनको लुगामा रमिज उनी नजिक आउँछन जसलाई देखेर शाहरुख नराम्रो तरिकाले डराएको नाटक गर्छन् । पछि उनलाई रिसाएको पनि देख्न सकिन्छ ।

पेरिस हिल्टनले दर्ता गरेकी थिइन् उनीविरुद्ध मुद्दाः

हलिउड नायिका पेरिस हिल्टनसँग पनि रमिजले यस्तै ठट्टा गरेका थिए । उनलाई एक विमानमा बसाइएको थियो । जब विमान उड्न थाल्यो तब विमान दुर्घटना हुन लागेको बताइयो । यो प्र्याङ्कले रिसाएकी पेरिसले रमिजविरुद्ध मुद्दा दर्ता गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप