पोष्टमार्टम गर्ने व्यक्तिको कथामा बन्यो ‘भुइमान्छे’, यस्तो छ चलचित्रको टिजर
मङ्गलबार, २३ जेठ २०७४, १३ : ५४
काठमाडौं, जेठ २३ – पोष्टमार्टम गर्ने व्यक्तिको कथामा निर्माण भएको चलचित्र ’भूईँमान्छे’को टिजर आएको छ । साउन २० गतदेखि प्रर्दशनमा आउने तयारीमा रहेको यो चलचित्रको टिजरमा भलिवल खेलाडी सिपोरा गुरुङको एक्सन भरपुर देखाइएको छ ।
जिवन्त अभिनय गर्ने अभिनेता रमेश बुढाथोकी चलचित्रमा पोष्टमार्टम गर्ने व्यक्तिको रुपमा देखिएका छन् । भूईंमान्छेको टिजरमा उनी अस्पतालमा राखिएका शवहरु काटकुट गर्दै गरेको देखिन्छन् । टिजरमा उनी कहिले शवको आन्द्रा काट्छन्, त कहिले भुँडि सिलाउँछन् ।
नयाँ कथा र फरक शैलीमा बनेको चलचित्र भूईँमान्छलाई नवराज बुढाथोकीले निर्देशन गरेका हुन् । निरुपा राज्यलक्ष्मी थापा र रोहिणी भट्टराईको लगानीमा निर्माण भएको चलचित्रमा रमेश बुढाथोकी, सिपोरा गुरुङसँगै शहिन प्रजापति, रामबाबु रेग्मी, बादल भट्ट, रोहिणी भट्टराई, सानु ताम्राकार, नविन श्रेष्ठ, आर्यान न्यौपाने, सौरभ ढकाललगायत अधिकाँस रंगमञ्जका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण