प्रचण्डलाई ओलीको प्रश्न : सकिँदैन भनेर, झन्झट लागेर छाडेको ?
काठमाडौँ, जेठ २३ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय निकायको दोस्रो चुनावअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएकोमा कटाक्ष गरेका छन् ।
व्यवस्थापिका संसदको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्रीको राजीनामा दिने निर्णयमाथि व्यंग्य गरेका हुन् ।
ओलीले भने, ‘पहिलो चरणको निर्वाचन सकेर दोस्रो चरणको निर्वाचनअघि नै प्रधानमन्त्रीले किन बीचमै राजीनामा दिनु परेको मैले बुझेको छैन । सकिँदैन भनेर हो कि, झन्झट लागेर हो कि अथवा वहाँ सहयोगीहरुले काम गर्न नदिएर हो ।
वहाँलाई छाड्न हतार भएर हो कि अरुलाई आउन हतार भएर हो यो वहाँहरुले जान्ने कुरा हो । सायद यो कुराको वहाँहरुले सदनलाई जानकारी दिनुनै हुन्छ होला । बीच बाटोमा राजीनामा दिनुपर्ने किन पर्यो होला ।’
उनले राजीनामा पछि सरकारले वार्षिक नीति कार्यक्रम तथा बजेट ल्याएकोमा पनि आश्चर्य व्यक्त गरे ।
‘राजीनामापछि नीति कार्यक्रम र बजेट आउँछ । त्यसको स्वामित्वसहित गर्दा हुन्थ्यो । १५ गते बजेट ल्याएर १६ गते राजनीमा दिएको भए पनि हुन्थ्यो,’ उनले भने ।
ओलीले प्रधानन्यायाधीसविरुद्ध स्वच्छ नियतले महाभियोग प्रस्ताव दर्ता नभएको र त्यहाँ सत्ताको दुरुपयोग भएको पनि आरोप लगाउँदै त्यसलाई फिर्ता लिने निर्णयको स्वागत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण