शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सरकारको बलमिच्याईँले संसद अवरुद्ध हुन पुग्योः केपी ओली

मङ्गलबार, २३ जेठ २०७४, १३ : ५८
मङ्गलबार, २३ जेठ २०७४
काठमाडौ जेठ २३–प्रमुख प्रतिपक्षी दल तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको बलमिचाईको कारणले संसद अवरुद्ध हुन पुगेको आरोप लगाएका छन् । मंगलबार संसद बैठकलाई सम्बोधन गर्दै ओलीले आफूहरुले अहिले जिम्मेवार भएर नयाँ सोचका साथ संसद सुचारु गर्न लागेको बताए । उनले पहिलो चरणको सिनर्वाचनमा कतिपय ठाउँमा धाँधली समेत भएको दाबी गर्दै अब हुने चुनाव शान्तिपूर्ण हुनुपर्नेमा जोड दिए । उनले भने, ‘सत्तापक्षबाट भएका हत्या हिंसा, बुथ कब्जा र मत च्यात्ने काम भयो त्यसलाई रोक्नै पर्छ त्यसका लागि संसदीय समिति बनाइएको छ । निर्धारित समयभित्र प्रतिवेदन दिने कुरा छ त्यस अनुसार अगाडि बढ्ने कुरा छ ।’ उनले सबै चुनाव माघ ७ गतेसम्म भइसक्नुपर्छ भन्दै नत्र सवैधानिक संकटमा पर्न सक्ने खतरा औंल्याए । उनले प्रचण्ड सरकार एकाएक राजीनामा दिन पुग्यो भन्ने प्रश्न गर्दै भने, ‘सहयात्रीले काम गर्न नदिएको हो कि ? बीचबाटोमा राजिनामा दिने खण्ड किन पर्यो ? उहाँलाई हतार भयो कि अरु कसैलाई हतार भयो, त्यो उहाँले जान्ने कुरा हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप