भ्याटिकन सिटिका गैरआवासीय राजदूतले भेटे उपराष्ट्रपति
मङ्गलबार, २३ जेठ २०७४, १४ : ०४
काठमाडौं, २३ जेठ -उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि भ्याटिकन सिटिका गैरआवासीय राजदूतले शिष्टाचार भेट गरेका छन् । आज (मंगलबार) अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उपराष्ट्रपतिसँग भ्याटिकन सिटिका राजदूतले शिष्टाचार भेट गरेका हुन ।
उपराष्ट्रपतिले राजदूतसँगको भेटमा नेपाल र भ्याटिकन सिटिबीचको सम्बन्ध विस्तारमा जोड दिए । उनले नयाँ संविधान जारी पश्चात नेपाल स्थायी शान्ति र समृद्धिको दिशामा तिव्र रुपमा अगाडि बढीरहेको बताए । उनले विश्व शान्तिका लागि सबै मुलुकले योगदान गर्नुपर्ने बताए ।
उपराष्ट्रपतिले नेपालको नयाँ संविधानले सबै धर्महरुलाई सम्मान गरेको बताए । उनले े भ्याटिकन सिटिका नवनियुक्त राजदूतलाई बधाई दिनुहुँदै उहाँको कार्यकालमा दुई देशबीचको सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गरे ।
उपराष्ट्रपतिसँगको भेटमा भ्याटिकन सिटिका राजदूतले भ्याटिकन सिटिले नेपालसँग राम्रो सम्बन्ध बनाउन चाहेको बताए । उनले नेपालको नयाँ संविधानलाई स्वागत गरेको र लोकतान्त्रिकरणको प्रशंसा गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण